• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

काठेखोला गाउँपालिकामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

  •  बुधबार, चैत १६, २०७८ मा प्रकाशित

बागलुङ । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ ।

अनमी मुना थापा तालिममा सहभागि हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आउनुभएको छ । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सुरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।

विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।

“एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ ।” उहाँले जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताउनुभयो ।

एकाइ व्यवस्थापन र स्वास्थ्यकर्मी÷कर्मचारीको खटनपटन गाउँपालिकाले नै गर्दै आएको छ । यसअघि सेवामा रहनुभएका एकाइ प्रमुख भण्डारीलाई भने देउरालीस्थित स्वास्थ्य चौकीकै दरबन्दीबाट काजमा ल्याइएको थियो । भवनलगायत अरू पूर्वाधारका हिसाबले भने उक्त एकाइ स्वास्थ्य चौकीभन्दा कम छैन ।

प्रदेश सरकारको झन्डै डेढ करोडको लागतमा सो भवन बनेको थियो । सोही भवनको माथिल्लो तलामा अहिले वडा कार्यालयका लागि संरचना बनिरहेको छ । एकाइले एम्बुलेन्स सेवासमेत दिइरहेको अध्यक्ष श्रीसले बताउनुभयो ।

एकाइमा रहेको कोषबाट उपचारमा अर्थाभाव हुने परिवारलाई बिनाब्याज रु २५ हजारसम्म ऋण दिने गरिएको छ । अति विपन्न परिवारका बिरामीलाई अवस्था हेरेर आर्थिक सहायता पनि दिने गरिएको छ । एकाइबाट दिगो र प्रभावकारी रुपमा सेवा दिन जनशक्ति व्यवस्थापन नै मुख्य चुनौतीका रुपमा देखिएको छ ।

सोही कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रीसले बताउनुभयो । गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले स्वास्थ्य एकाइमा दरबन्दी नहुँदा समस्या निम्तिएको बताउनुभयो । “एकाइ खोल्दा एकजना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी आउँछ भनियो तर अहिलेसम्म माथिबाट आएको छैन,” उहाँले भन्नुभयो, “अब चुनावपछि करारमै भए पनि जनशक्ति व्यवस्थापन गर्छौं ।”

अधिकृत लामाले वडा नं ७ रेशको सामुदायिक स्वास्थ्य एकाइमा पनि जनशक्ति अपुग रहेको उल्लेख गर्नुभयो । गाउँपालिकाले वडा नं ५ बिहुँ र वडा नं ४ तङ्ग्रामको फापरखेतमा पनि एकाइ स्थापनाका लागि पहल अघि बढाएको छ । भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सरकारले यस्ता एकाइ खोल्ने गरेको छ ।

एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । जिल्लाको हुग्दीशिर, दर्लिङ, निसी, पैँयूपाटा, जैदी, बोबाङको ढोरपाटन, ग्वालिचौर, अमरभूमि, खुङ्खानी, नर्जाखानी लगायतका ठाउँमा एकाइ सञ्चालनमा छन् ।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.