• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

काठेखोला गाउँपालिकामा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

  •  बुधबार, चैत १६, २०७८ मा प्रकाशित

बागलुङ । पूर्वाधार सम्पन्न भएर पनि जनशक्ति अभावमा सामुदायिक स्वास्थ्य एकाइको सेवा प्रभावित बनेको छ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य एकाइ एक सातादेखि कार्यालय सहयोगीका भरमा छ ।

अनमी मुना थापा तालिममा सहभागि हुन गएपछि कार्यालय सहयोगी जमुना भण्डारीले एकाइ कुर्दै आउनुभएको छ । एकाइमा सामान्य बिरामीको पनि जाँच र औषधोपचार हुन नसक्ने स्थिति छ । एकाइ प्रमुख लोकबहादुर भण्डारी दुई महिनाअघि सुरुवा भएर अन्यत्र गएपछि त्यहाँ जनशक्ति अभाव खड्किएको हो ।

विसं २०७५ मा खुलेको एकाइले स्वास्थ्य चौकी सरहकै सेवा दिँदै आएको थियो । स्वास्थ्यकर्मी नै नभएपछि प्रसूति जाँच, खोप लगायतका सेवा पनि रोकिएका छन् । आएका बिरामीलाई सोही वडाको देउरालीमा रहेको स्वास्थ्य चौकीमा पठाउने गरिएको वडाध्यक्ष एवं एकाइ व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।

“एकाइ प्रमुखको सरुवापछि सेवा प्रभावित भएको छ, अब चुनावअघि जनशक्ति व्यवस्थापन हुन नसक्ने देखिएको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “भइरहेका स्वास्थ्यकर्मी र कर्मचारीबाट सक्दो सेवा दिन्छौँ ।” उहाँले जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा कुरा राखेको बताउनुभयो ।

एकाइ व्यवस्थापन र स्वास्थ्यकर्मी÷कर्मचारीको खटनपटन गाउँपालिकाले नै गर्दै आएको छ । यसअघि सेवामा रहनुभएका एकाइ प्रमुख भण्डारीलाई भने देउरालीस्थित स्वास्थ्य चौकीकै दरबन्दीबाट काजमा ल्याइएको थियो । भवनलगायत अरू पूर्वाधारका हिसाबले भने उक्त एकाइ स्वास्थ्य चौकीभन्दा कम छैन ।

प्रदेश सरकारको झन्डै डेढ करोडको लागतमा सो भवन बनेको थियो । सोही भवनको माथिल्लो तलामा अहिले वडा कार्यालयका लागि संरचना बनिरहेको छ । एकाइले एम्बुलेन्स सेवासमेत दिइरहेको अध्यक्ष श्रीसले बताउनुभयो ।

एकाइमा रहेको कोषबाट उपचारमा अर्थाभाव हुने परिवारलाई बिनाब्याज रु २५ हजारसम्म ऋण दिने गरिएको छ । अति विपन्न परिवारका बिरामीलाई अवस्था हेरेर आर्थिक सहायता पनि दिने गरिएको छ । एकाइबाट दिगो र प्रभावकारी रुपमा सेवा दिन जनशक्ति व्यवस्थापन नै मुख्य चुनौतीका रुपमा देखिएको छ ।

सोही कारण प्रसूति सेवा सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रीसले बताउनुभयो । गाउँपालिकाका जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले स्वास्थ्य एकाइमा दरबन्दी नहुँदा समस्या निम्तिएको बताउनुभयो । “एकाइ खोल्दा एकजना अहेब, अनमी र कार्यालय सहयोगीको दरबन्दी आउँछ भनियो तर अहिलेसम्म माथिबाट आएको छैन,” उहाँले भन्नुभयो, “अब चुनावपछि करारमै भए पनि जनशक्ति व्यवस्थापन गर्छौं ।”

अधिकृत लामाले वडा नं ७ रेशको सामुदायिक स्वास्थ्य एकाइमा पनि जनशक्ति अपुग रहेको उल्लेख गर्नुभयो । गाउँपालिकाले वडा नं ५ बिहुँ र वडा नं ४ तङ्ग्रामको फापरखेतमा पनि एकाइ स्थापनाका लागि पहल अघि बढाएको छ । भौगोलिक विकटताले स्वास्थ्य चौकी टाढा भएका ठाउँमा सरकारले यस्ता एकाइ खोल्ने गरेको छ ।

एकाइले न्यूनतम पनि ७० थरीका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ । जिल्लाको हुग्दीशिर, दर्लिङ, निसी, पैँयूपाटा, जैदी, बोबाङको ढोरपाटन, ग्वालिचौर, अमरभूमि, खुङ्खानी, नर्जाखानी लगायतका ठाउँमा एकाइ सञ्चालनमा छन् ।

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.