• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जडीबुटी व्यवसायबाट मासिक एक लाखबढी आम्दानी

  •  बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ मा जडिबुटी व्यवसाय सञ्चालन गरी शेर्पा समुदायका महिलाले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन् ।

करिब २० वर्ष अघिदेखि जडीबुटी व्यवसाय गर्दै आउनुभएकी धरान–१५ की फूपुुपोंग्सुवा शेर्पाले यही व्यवसायबाट मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । जडीबुटी बेचेर जीविकोपार्जन हुदैँन भन्नेलाई उहाँ एक सफल व्यवसायीका रुपमा उदाहरणीय बन्नुभएको छ ।

पोंग्सुवाले भन्नुभयो, “लामो समय जडीबुटी बोकेर हटिया बजारतिर घुम्दै बेच्ने गरिन्थ्यो । अहिले स्थायी रुपमा जडीबुटी बेच्ने व्यवसाय सञ्चालन गरिरहेको छु ।” सुरुवाती समयमा धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, पोखरा, रामेछाप, काठमाडाँैलगायत ठाउँमा घुमेर जडीबुटी बिक्री गर्ने गरेको बताउँदै उहाँले अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल सञ्चालन गरेको जानकारी दिनुभयो ।

पोंग्सुवाले भन्नुभयो, “सुरुमा व्यापार कम थियो, घरखर्च पु¥याउन समस्या हुन्थ्यो । अहिले समय फेरिएसँगै व्यापार पनि बढेको छ । परिवारको खर्च, छोराछोरी पढाउन सबै यही व्यापारले पुगेको छ, धरान–१५ बगरकोटमा दुई तले घर पनि बनाएकी छु ।”

पहिले गाउँदेखि सहरसम्म महिनौँदिन लगाएर हिँडेर व्यापार गर्दा खर्च जुटाउन गाह्रो हुने गरेको सुनाउँदै उहाँल अहिले मासिक रु एक लाख ५० हजार बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो । किमाथाङ्का, सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासा, सिक्किम, दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“सामान खरिद गर्न कहिले आफैँ जाने गरेको छु भने कहिले अनलाइन मगाउने (अर्डर) गरेपछि गाडीमार्फत आउँछ”, पोंग्सुवाले भन्नुभयो । जडीबुटी बेच्न अनुमतिपत्र (लाइसेन्स) लिइसकेपछि अहिले व्यवसाय सञ्चालनमा सहजता आएको उहँले बताउनुभयो । नगरपालिकाले हरेक वर्ष औषधि व्यापारसम्बन्धी तालिम दिने गरेकाले थप हौसला प्राप्त भएको उहाँको भनाइ छ ।

उहाँ जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ स्थित टेङ्ग्रा खोलाको नजिकै रहेको पुल किनारको खुल्ला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गरिरहेको अवस्थामा भेटिनुभयो । उहाँले बिक्रीका लागि विभिन्न प्रकारका जडीबुटी आकर्षक देखिनेगरी खोला किनारमा लहरै राख्नुभएको छ । उहाँले भन्नुभयो, “१८ वर्षदेखि यही व्यापार गर्दै आएको छु, सबै खर्च कटाएर मासिक रु ६० हजारबढी आम्दानी हुने गरेको छ ।”

पुर्खौली घर सङ्खुवासभा भएको बताउँदै आचुङ्माले १५ वर्षअघि व्यापार गर्ने उद्देश्यले धरान झरेको जानकारी दिनुभयो । “हाम्रा पूर्खाहरुले पहिले हिमाली भेगको लेकतिर जडीबुटी सङ्कलन गरेर हिउँदमा बिक्री गर्न मधेसतिर झर्ने र बर्खा लागेपछि घर फर्किनुहुन्थ्र्यो”, उहाँले भन्नुभयो, “पहिले गाउँमा अस्पताल, सडक नहुँदा यहाँका शेर्पा र भोटे समुदायले जडीबुटी व्यापार गर्दै आएका थिए । पुर्खाको पेसालाई अहिले हामीले पनि निरन्तरता दिएका छौँ ।”

अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएकाले माग पनि बढी हुने गरेको आचुङ्माले बताउनुभयो । “काठमाडौँ, विराटनगर, मोरङ, झापालगायत ठाउँबाट फोन गरेर जडीबुटी माग गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

इटहरीको पूर्वतर्फ हटिया खोलाको किनारमा व्यापार गर्दैगर्दा भेटिनुभएका धरानका दावा शेर्पाले १० वर्षदेखि जडीबुटी बिक्री गर्दै आएको बताउनुभयो । “यही व्यापारले बिहान–बेलुका खान पुगेको छ । मेहनत अनुसारको आम्दनी राम्रो छ । दैनिक रु पाँच हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “जडीबुटीको मूल्य पनि धेरै महँगो छैन, रु पाँचदेखि रु पाँच सयसम्ममा पाइन्छन् ।”

दावाले नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य पेसामा ज्ञान नभएकाले जडीबुटी व्यवसाय रोजेको हुँ । सस्तोमा रु पाँचदेखि रु तीन हजारसम्मका जडीबुटी बिक्री हुन्छन् ।” उहाँका अनुसार पसलमा अहिले दुई सयबढी किसिममा जडीबुटी छन् । रासस

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.