• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

जडीबुटी व्यवसायबाट मासिक एक लाखबढी आम्दानी

  •  बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ मा जडिबुटी व्यवसाय सञ्चालन गरी शेर्पा समुदायका महिलाले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन् ।

करिब २० वर्ष अघिदेखि जडीबुटी व्यवसाय गर्दै आउनुभएकी धरान–१५ की फूपुुपोंग्सुवा शेर्पाले यही व्यवसायबाट मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । जडीबुटी बेचेर जीविकोपार्जन हुदैँन भन्नेलाई उहाँ एक सफल व्यवसायीका रुपमा उदाहरणीय बन्नुभएको छ ।

पोंग्सुवाले भन्नुभयो, “लामो समय जडीबुटी बोकेर हटिया बजारतिर घुम्दै बेच्ने गरिन्थ्यो । अहिले स्थायी रुपमा जडीबुटी बेच्ने व्यवसाय सञ्चालन गरिरहेको छु ।” सुरुवाती समयमा धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, पोखरा, रामेछाप, काठमाडाँैलगायत ठाउँमा घुमेर जडीबुटी बिक्री गर्ने गरेको बताउँदै उहाँले अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल सञ्चालन गरेको जानकारी दिनुभयो ।

पोंग्सुवाले भन्नुभयो, “सुरुमा व्यापार कम थियो, घरखर्च पु¥याउन समस्या हुन्थ्यो । अहिले समय फेरिएसँगै व्यापार पनि बढेको छ । परिवारको खर्च, छोराछोरी पढाउन सबै यही व्यापारले पुगेको छ, धरान–१५ बगरकोटमा दुई तले घर पनि बनाएकी छु ।”

पहिले गाउँदेखि सहरसम्म महिनौँदिन लगाएर हिँडेर व्यापार गर्दा खर्च जुटाउन गाह्रो हुने गरेको सुनाउँदै उहाँल अहिले मासिक रु एक लाख ५० हजार बढी आम्दानी हुने गरेको जानकारी दिनुभयो । किमाथाङ्का, सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासा, सिक्किम, दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

“सामान खरिद गर्न कहिले आफैँ जाने गरेको छु भने कहिले अनलाइन मगाउने (अर्डर) गरेपछि गाडीमार्फत आउँछ”, पोंग्सुवाले भन्नुभयो । जडीबुटी बेच्न अनुमतिपत्र (लाइसेन्स) लिइसकेपछि अहिले व्यवसाय सञ्चालनमा सहजता आएको उहँले बताउनुभयो । नगरपालिकाले हरेक वर्ष औषधि व्यापारसम्बन्धी तालिम दिने गरेकाले थप हौसला प्राप्त भएको उहाँको भनाइ छ ।

उहाँ जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ स्थित टेङ्ग्रा खोलाको नजिकै रहेको पुल किनारको खुल्ला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गरिरहेको अवस्थामा भेटिनुभयो । उहाँले बिक्रीका लागि विभिन्न प्रकारका जडीबुटी आकर्षक देखिनेगरी खोला किनारमा लहरै राख्नुभएको छ । उहाँले भन्नुभयो, “१८ वर्षदेखि यही व्यापार गर्दै आएको छु, सबै खर्च कटाएर मासिक रु ६० हजारबढी आम्दानी हुने गरेको छ ।”

पुर्खौली घर सङ्खुवासभा भएको बताउँदै आचुङ्माले १५ वर्षअघि व्यापार गर्ने उद्देश्यले धरान झरेको जानकारी दिनुभयो । “हाम्रा पूर्खाहरुले पहिले हिमाली भेगको लेकतिर जडीबुटी सङ्कलन गरेर हिउँदमा बिक्री गर्न मधेसतिर झर्ने र बर्खा लागेपछि घर फर्किनुहुन्थ्र्यो”, उहाँले भन्नुभयो, “पहिले गाउँमा अस्पताल, सडक नहुँदा यहाँका शेर्पा र भोटे समुदायले जडीबुटी व्यापार गर्दै आएका थिए । पुर्खाको पेसालाई अहिले हामीले पनि निरन्तरता दिएका छौँ ।”

अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएकाले माग पनि बढी हुने गरेको आचुङ्माले बताउनुभयो । “काठमाडौँ, विराटनगर, मोरङ, झापालगायत ठाउँबाट फोन गरेर जडीबुटी माग गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

इटहरीको पूर्वतर्फ हटिया खोलाको किनारमा व्यापार गर्दैगर्दा भेटिनुभएका धरानका दावा शेर्पाले १० वर्षदेखि जडीबुटी बिक्री गर्दै आएको बताउनुभयो । “यही व्यापारले बिहान–बेलुका खान पुगेको छ । मेहनत अनुसारको आम्दनी राम्रो छ । दैनिक रु पाँच हजारदेखि रु १० हजारसम्म आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “जडीबुटीको मूल्य पनि धेरै महँगो छैन, रु पाँचदेखि रु पाँच सयसम्ममा पाइन्छन् ।”

दावाले नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य पेसामा ज्ञान नभएकाले जडीबुटी व्यवसाय रोजेको हुँ । सस्तोमा रु पाँचदेखि रु तीन हजारसम्मका जडीबुटी बिक्री हुन्छन् ।” उहाँका अनुसार पसलमा अहिले दुई सयबढी किसिममा जडीबुटी छन् । रासस

बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.