• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ट्राफिक प्रहरीद्वारा सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु

  •  आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रु सुरक्षाका लागि ट्राफिक प्रहरीले सडकमै स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारी चालकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सडक मै स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । यो अभियान अन्तर्गत ट्राफिक प्रहरीले लाइसेन्स र कागजात जाँच मात्र नगरी चालकको स्वास्थ्य पनि जाँच गरेको छ ।

शुक्रवारबाट सुरु भएको यस अभियानमा ८७ जना चालकहरूको दृष्टि र रक्तचाप परीक्षण गरिएको थियो । जसमा केही चालकमा आँखा र रक्तचाप सम्बन्धी समस्याहरू पाइएको छ । आँखाको दृष्टि, रङ्ग नचिन्ने र रक्तचापका समस्या देखिएको प्रहरीले जनाएको छ । समस्या भएका सवारी चालकलाई थप उपचारको लागि परामर्श गरिएको छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जका दृष्टि विशेषज्ञ चिकित्सक सुशील कार्कीले जानकारी दिनुभयो ।

छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगन्ज, गोरुसिङ्गे स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सवारी चालकको आँखाको दृष्टि र रक्तचापको परीक्षण गरिएको थियो ।

“चाडपर्वको समय रहेकोले यात्रु सुरक्षाको लागि विशेष योजना बनाएको र सवारी चेकजाँच, विद्यालय र समुदायमा सचेतनाका कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने योजना रहेको छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीले भन्नुभयो । सडक जोखिमलाई कम गर्न सडक स्वास्थ्य चेकजाँच गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै विशेष योजनाहरू पनि बनाइएका छन् । यसले चालकहरूमा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सचेतना बढाउन सहयोग पुर्याएको छ ।

यो अभियानलाई जिल्लामा युनिटले सञ्चालन गर्ने योजना रहेको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्ने मात्रै हाम्रो काम होइन । सिर्जनात्मक काम तथा सचेतना गर्ने र चालक, सहचालक, यात्रुको गुनासो तथा सुझाव लिएर दुर्घटनाको जोखिम समेत घटाउने लक्ष्य लिएको प्रहरी नायव निरीक्षक राघव सिंह राठौरले बताउनुभयो । सवारी दुर्घटनाको जोखिम कम गर्दै यात्रुहरूको सुरक्षामा सुधार पनि ल्याउनु आफ्नो दायित्व रहेको उहाँको भनाइ छ ।

सवारी चालकले बिहानदेखि बेलुकासम्म नै गाडी चलाउनुपर्ने हुन्छ । जसले गर्दा बिरामी नभएसम्म स्वास्थ्य जाँच गर्ने प्रचलन छैन । कहिलेकाहीँ मात्र नभई मासिक रूपमा यस्ता कार्यक्रम गर्नुपर्ने नवलपरासीका सवारी चालक लेखबहादुर राना मगरले बताउनुभयो ।

स्वास्थ्य जाँच कार्यक्रमले दुर्घटनाको जोखिम घटाउने र ट्राफिक प्रहरीको जिम्मेवारीलाई सिर्जनात्मक बनाउने उद्देश्यलाई साकार पार्ने अपेक्षा गरिएको छ । नियमित स्वास्थ्य चेकजाँचमा चासो नदिने सवारी चालक समेत लाभान्वित भएका छन् ।

आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.