• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

डब्लुएचओद्वारा लेबनानमा स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणबारे गहिरो चिन्ता व्यक्त

  •  शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार हिजुबल्लाहविरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ ।

“हामी लेबनानमा स्वास्थ्यकर्मी र सुविधाहरूमाथि बढ्दै गएको आक्रमणबारे गहिरो चिन्तित छौँ, तथ्याङ्कहरू वास्तवमै अचम्मित पार्ने खालका छन् । यस्ता आक्रमणहरूमा एक सय दुई जनाको मृत्यु भएको छ, ८३ जना घाइते भएका छन्”, डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा एक पत्रकार सम्मेलन भन्नुभयो ।

डब्लुएचओले स्वास्थ्य सेवामाथिको आक्रमणको अभिलेख राख्छ तर दोष कसैलाई लगाउँदैन ।

“समग्रमा हामीले ५५ वटा आक्रमणको पुष्टि गरेका छौँ तर धेरै कर्मचारी ड्युटी बाहिर हुँदा पनि मारिएका र घाइते भएकाले स्वास्थ्य मन्त्रालयले यो सङ्ख्या धेरै बढी रहेको जनाएको छ, स्वास्थ्य प्रणालीहरू पहिले नै धेरै तनावमा भएकाले यो महत्त्वपूर्ण छ”, ह्यारिसले भन्नुभयो, “स्वास्थ्यकर्मीहरू पहिले नै अत्यधिक काम गर्न बाध्य छन् र विस्थापित छन् । त्यसैले हामी स्वास्थ्यकर्मीहरूलाई त्यस्तो समयमा गुमाइरहेका छौँ जतिबेला उनीहरूको सबैभन्दा बढी आवश्यकता छ ।”

“हामी फेरि, फेरि र फेरि जोड दिइरहेका छौँ कि स्वास्थ्य सेवा लक्ष्य होइन; स्वास्थ्यकर्मीहरू लक्ष्य होइनन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य प्रणालीमाथि निरन्तर आक्रमणका कारण सबैजना आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सङ्घर्षरत छन् र स्वास्थ्य प्रणाली पहिले नै ठूलो दबाबमा थियो ।”

ह्यारिसले यो देशको आर्थिक अवस्था र अस्पतालका जेनेरेटर चलाउन इन्धन प्राप्त गर्ने चुनौतीका कारण भएको बताउनुभयो ।

“लेबनानमा सबैका लागि स्वास्थ्य सेवामा पहुँच एउटा वास्तविक सङ्घर्ष हो तर निश्चय नै जहाँ अस्पतालहरूमा आक्रमण भएका छन्, त्यस्ता क्षेत्रहरूमा यो अझ ठूलो सङ्घर्ष हो”, उहाँले भन्नुभयो, “अस्पतालहरू घाइतेहरूले भरिएका छन् र प्रणालीले विशाल बोझ बोकिरहेको छ ।”

हमासको समर्थनमा हिजबुल्लाहले गरेको भनिएको करिब एक वर्षको आक्रमण–प्रत्याक्रमणपछि सेप्टेम्बर २३ देखि लेबनानमा लडाइँ बढेपछि एएफपीले स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा गरेको गणनाअनुसार लेबनानमा कम्तीमा एक हजार आठ सय २९ जनाको मृत्यु भएको छ ।

बिहीबार लेबनानबाट भएको सीमापार गोलीबारीमा चार थाई नागरिकसहित इजरायलमा सात जनाको मृत्यु भएको थियो । इजरायली सेनाले सेप्टेम्बर ३० मा स्थल कारबाही सुरु भएयता लेबनानमा ३७ सैनिकको मृत्यु भएको जनाएको छ । रासस

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.