मुट मानव जीवनको लागि अत्यन्त महत्वपुर्ण अंग तथा संवेदनशील अंग हो । तर यही संवेदनशील अंग मुटु भएपनि पछिल्लो समय मानव जीवनमा सबैभन्दा बढी चुनौतिको रुपमा बनेको छ मुटुरोग । मुटुरोगकै कारण ह्दयघातबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गईरहेको छ । मुटुरोग हुने कारणहरुपनि धेरै छन । जस्तै : स्वस्थ खानपान नहुंँदा पनि मुटुरोग, शारिरीक व्यायाम नभएपनि मुटुरोग , तनाव भएपनि मुटुरोग , मद्यपान र धुम्रपानले पनि मुटुरोग र वातावरणीय प्रदुषण भएपनि मुटुलाई नै क्षति पुग्ने चिकित्सक , विशेषज्ञहरुको भनाई छ ।
मुटुलाई असर पार्ने र कोलेष्ट्रोल निम्त्याउने मध्ये बढी चिल्लो पदार्थ पाईने खानेकुराहरु मासु, घ्यू, तेलीय पर्दाथहरु नै हुन् । यिनीहरुको बढ्दो प्रयोगले मानिसको रगतमा बढी कोलेष्ट्रोलको मात्रा देखिन गई मुटुबाट हुने रक्तसञ्चारनै अवरुद्ध गर्छ र मानिसको ह्दयघात हुनगई मृत्यु हुने गर्दछ ।
तर मुटुलाई स्वस्थ राख्ने धेरै खानेकुराहरु पनि छन । बिशेषगरी मुटु स्वस्थ राख्नको लागि हरियो सागसब्जी फलफूलहरुनै उत्तम हुने मुटु चिकित्सकहरुले बताउंँदै आएका छन । रेडमिट तथा अन्य बोसो तथा तेलीय पदार्थले मुटुलाई हानी गरेपनि माछा सेवनले भने मुटुलाइ फाइदा गर्ने गर्दछ । माछामा पाईने ओमेगा थ्री भन्ने भिटामीनले मुटुलाई स्वस्थ राख्ने चिकित्सहरुको भनाई छ । मुटुरोग के हो ? मुटुरोग के कारणले हुन्छ ? मुटुरोगबाट बच्न र मुटुलाई स्वस्थ राख्न के गर्नुपर्छ ? भन्ने बिषयमा केन्द्रित रहेर चितवन मुटु अस्पतालको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
