• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

पाल्पामा ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ अभियान

  •  बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

रामपुर (पाल्पा) । जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न विभिन्न सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ भन्ने अभियान सञ्चालन गरी विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जुटाउन थालेको हो ।

रक्तसञ्चार केन्द्र स्थापना गर्न सञ्चालन गरिएको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा हालसम्म रु ४५ लाखबढी रकम सङ्कलन भएको शाखाका जिल्ला सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो । हालसम्म यशस्कर सदस्यबाट रु छ लाख, विशिष्ट सदस्यबाट रु २२ लाख, स्मृतिकोषबाट रु सात लाख, विभिन्न सङ्घसंस्थाबाट रु छ लाख ८० हजार, देशबाहिर काम गर्न गएका विभिन्न व्यक्तिबाट रु तीन लाख ९५ हजार रकम सङ्कलन भएको रेडक्रस कार्यालयले जनाएको छ ।

रक्तसञ्चार केन्द्रको स्थायी भवन निर्माण गर्न सहरी विकास मन्त्रालयबाट रु एक करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट भवन तथा उपकरण खरिद गर्न रु ५० लाख बजेट विनियोजन भएको सभापति कार्कीले बताउनुभयो । उहाँका अनुसार सरकारी तथा गैरसरकारी निकायबाट हालसम्म रु दुई करोड ४७ लाख ७५ हजार बराबरको स्रोत सुनिश्चित भएको छ ।

जिल्लाका आठ गाउँपालिकाले रु पाँच लाखका दरले रु ४० लाख, दुई नगरपालिकाले रु १० लाखका दरले रु २० लाख अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केन्द्र सञ्चालनका लागि रु पाँच करोड ७५ लाख बराबरको रकम आवश्यक पर्ने भएकाले रकम सङ्कलन अभियानमा जोडिन रेडक्रसले सबैमा आग्रह गरेको छ । रेडक्रसले गत चैतदेखि साँझा रुपमा अघि बढाएको उक्त अभियानमा विभिन्न ठाउँमा बसोबास गर्ने पाल्पालीले ऐक्यबद्धता जनाउँदै रकम सहयोग गरिरहेका छन् ।

संस्थाले रु तीन करोड अक्षयकोषमा राखेर त्यसबाट आउने ब्याज रकमले कर्मचारी र प्रशासनिक खर्च सञ्चालन, बाँकी रु दुई करोड ७५ हजार रकम भवन निर्माण र सामग्री खरिदमा खर्चिने योजना अनुसार रक्तसञ्चार केन्द्र स्थापनाका लागि जोड दिइएको शाखाका उपसभापति भीमसेन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला बाहिर रहेका पाल्पाली समाज पोखरा, पाल्पाली समाज काठमाडौँ, लघुवा समाज काठमाडौँ तथा विदेशमा रहेका पाल्पाली सेवा समाज कतार, पाल्पाली सङ्गम अमेरिका, नमस्ते पाल्पा परिवार, दक्षिण कोरियाले आर्थिक सहयोग गरिरहेका छन् । जिल्लामा हाल वार्षिक चार हजार युनिट रगतको आवश्यकता पर्दछ । लायन्स क्लब अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको छ ।

जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीले रगतका लागि सास्ती खेप्नु परिरहेको छ । रेडक्रसले सञ्चालन गरेको अभियानमार्फत यथाशीघ्र केन्द्र स्थापना हुने रेडक्रसले जनाएको छ । यहाँ केन्द्र स्थापना भई सञ्चालनमा आएपछि बिरामीलाई सहज हुनेछ । केन्द्र स्थापनामा नागरिकले उत्साह जनाउँदै स्वतःस्फूर्त रुपमा आर्थिक सहयोग गरिरहेका छन् । रासस

बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.