• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

  •  शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित

दाङ । दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो ।

उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।”

त्यस्तै, दङ्गीशरण गाउँपालिका–७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आउनुभयो । मिर्गाैलाको समस्याबाट समेत पीडित उहाँ स्वास्थ्य शिविरमा सहभागी हुनुभयो । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति भएको उहाँले सुनाउनुभयो ।

त्यस्तै, स्थानीय शोभा नेपालीले शिविरमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा धेरै राहतको अनुभूति भएको बताउनुभयो । विपन्न परिवारका नागरिलाई लक्षित गरी नेपाली सेना र शान्तिनगर गाउँपालिकाले घरआँगनमा नै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाली तल्लो पेट तथा ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ ।

आर्थिक अभावका कारण आफू बजारका ठूला अस्पतालमा उपचार गर्न जान नसकेको नेपालीले दुखेसो पोख्नुभयो । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वय तथा रणसिंहदल गण घोराही दाङ र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजना एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण का गराएका छन् ।

१९ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका दुरदराजका नागरिकहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली सेनाले जनताको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाको सहकार्यमा विशेषज्ञसहितको सेवा प्रदान गरिएको बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यलाई दृष्टिगत गरी नेपाली सेनाको सहकार्यमा शिविर आयोजना गरिएको बताउनुभयो । स्थानीय स्तरमा विभिन्न रोगको उपचार जनताले सजिलै नपाउँदा खेप्नु परेको समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविर आयोजना गरिएको उहाँको भनाइ थियो । शिविरमा दुई जटिल अवस्थाका बिरामीको आइतबार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने बताउनुभयो ।

शिविरमा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । “गम्भीर बिरामीलाई काठमाडाँै मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । शिविरमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नीलगायत विशेषज्ञसहितको सेवा प्रदान गरिएको थियो । रासस

शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.