मुख स्वास्थ्य भन्नाले हामीले खाने मुख भित्र रहेका गिजा, दांँत, जिब्रो तथा मुखभित्र रहेका मांसपेशी हड्डी आदिको स्वास्थ्य भन्ने बुझ्नु पर्दछ । हाम्रो मुखलाई गन्धरहित र रोगबाट बचाउन मुख स्वास्थ्यको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ । मुख स्वस्थ राखियो भने यसले मानिसलाई विभिन्न रोगहरुबाट बचाउन र व्यक्तित्व विकासमा समेत मदत पुर्याउंँछ । मुखबाट हामीले दिनहुंँ खाएका खाना दांँतमा अड्कने गर्छ , यही खाना सड्न गई मुख गन्हाउनुका साथै विभिन्न रोगले समेत आक्रमण गर्दछ ।
त्यसैले चिकित्सकले हरेक दिन खाना खाएपछि दुईपटक दांँत माझ्ने, कुल्ला गर्ने सल्लाह दिईरहेका हुन्छन । चिकित्सकका अनुसार मुख स्वास्थ्य राख्न मुखभित्रको नियमित सरसफाई अपरिहार्य छ भने हामीले खाने स्वस्थ र स्वच्छ खाना पनि मुखलाई बचाउने मुख्य उपाय हुन् ।
जस्तैः हामीले पोषणयुक्त खाना , सागसब्जी र फलफूल तथा जुस जस्ता खाद्यपदार्थ सेवन गर्यौ भने पनि मुखलाई स्वस्थ राख्न मदत गर्दछ भने चकलेट, जंकफुड, मदिरा तथा सूर्तीजन्य पदार्थ सेवन गर्यौं भने गम्भिर प्रकारका रोगको जोखिम उत्तिकै हुने गर्दछ । मुख स्वास्थ्य केहो ? मुखलाई सधै स्वस्थ राख्न के गर्नुपर्छ ? र मुखलाई स्वस्थ र ताजगी राख्ने के के उपायहरु छन ? यस बिषयमा केन्द्रित रहेर कान्तिपुर डेन्टलका चिकित्सक डा.अस्मिता कार्कीसंँग गरिएको कुराकानी । विस्तृत जानकारीको लागि भिडीयो सन्देशको लागि लिंक तल उपलब्ध छ ।
