• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित

  •  आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित

तुलसीपुर (दाङ) । जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् ।

बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् । स्त्रीरोग विशेषज्ञ, फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् ।

बबई–७ निवासी बमबहादुर बुढा एक हातमा लठ्ठी र अर्को हातमा औषधि लिएर खुसी हुँदै घर फर्किँदै हुनुहुन्थ्यो । आँखा कम देख्ने, दुःख्ने समस्याले सजिलै अस्पताल जान सक्ने अवस्थामा नभएका उहाँ शनिबार गाउँमा स्वास्थ्य शिविरमार्फत उपचार पाएपछि खुसी देखिनुहुन्थ्यो ।

सोही ठाउँका टोपबहादुर बस्नेत पनि काम छोडेर उपचार गर्न कुरेर बस्नुभएको थियो । पेटको समस्याले सताएका उहाँ गाउँमै उपचार पाउँदा निकै खुसी हुनुहुन्थ्यो ।

लामोदेखि महिनावारीसम्बन्धी समस्याले पीडित दिला घर्तीले गाउँमा विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार दिएपछि अब रोग निको हुन्छ भन्ने विश्वास पलाएको बताउनुभयो । उहाँहरूजस्तै दाङको कर्णाली भनेर चिनिने बबई–७ का नागरिकले गाउँघरमा उपचार सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ । “हामी चाहेको बेला अस्पताल जान सक्दैनौँं, गाउँमा एउटा स्वास्थ्य संस्था छ, त्यसमा भनेजति औषधि पनि पाइदैँन”, बुढाले भन्नुभयो, “स्वस्थ्य शिविर आएपछि हामीले गाउँमै सेवा लिन पायौंँ । यहाँ अहिलेसम्म पनि विशेषज्ञ चिकित्सकले पाइला टेकेका थिएनन् ।”

लामो समयदेखि स्वास्थ्य सुविधा नपाउँदा रोग पालेर बसेको अवस्थामा अधिकांश स्थानीय भेटिनुभएका शिविरमा सहभागी डा निशा खनालले बताउनुभयो । “उपचारमा आएकामध्ये अधिकांशको दाँत हेरेँ, सबैको दाँतमा समस्या देखियो”, उहाँले भन्नुभयो ।

तुलसीपुर नगरजेसिजले विभिन्न कार्यालय तथा सङ्घसंस्थाको सहयोगमा सञ्चालन गरेको शिविरमा स्वास्थ्यसम्बन्धी सम्पूर्या सेवा एकैठाउँबाट प्रदान गरिएको थियो । करिब दुईसय परिवार रहेको वडा नं ७ मा लामो समयदेखि रोग पालेर बसेका पाइएकाले उपचारमा सहजीकरण गर्न शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष पूर्णबहादुर डाँगीले बताउनुभयो ।

“सुगममा धेरै स्वास्थ्य शिविरहरू सञ्चालित हुन्छन्, विकट क्षेत्रमा यस्ता शिविर नहुँदा धेरैले रोग पालेर बसेका हुनसक्छन् भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी शिविरमार्फत सेवा दिएका हौँ ।” यहाँको देउती माविमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

शिविरमा जनरल फिजिसियन डा सन्दीप खड्का, अर्थोपेडिक डा रुपेशमान शेरचन, गाइनोकोलोजिष्ट डा शिशिर कुँवर, अर्थोपेडिक डा निश्चल शर्मा, राप्ती आँखा अस्पतालका डा ओमप्रकाश यादव, मनकामना डेन्टलका डा निशा खनालसहितको टिमले सेवा प्रदान गरेको कार्यक्रम संयोजक वसन्त योगीले जानकारी दिनुभयो ।

शिविरको सहजीकरण तथा अन्य व्यवस्थापन गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले गर्नुभएको थियो । रासस

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.