मानिसको व्यस्त जीवनशैली संँगै मानिसमा विभिन्न शारिरीक थकाई तथा मानसिक तनाव हुने गर्दछ । यो सूचना प्रविधिको युगमा हरेक क्षण ,समय मानिस काममा व्यस्त हुने गर्दछ । जसले गर्दा मानिसले आफ्नो खानपान तथा शारिरीक व्यायमको लागि समेत समय दिन सक्दैनन । मानिसलाई खानपान र जीवनशैलीकै कारण विभिन्न सर्ने तथा नसर्ने रोगले संक्रमण गर्दछ ।
तर यस्ता रोगहरुबाट मानिस चिन्तित भएर आत्तिने, निराश हुने पनि गर्दछ । जसले गर्दा उसले मानसिक रुपमै आफुलाई कमजोर महसुस गर्ने गर्दछ र उसको कार्यदक्षतामा नै ह्रास आउने गर्दछ । फलस्वरुप उसलाई थप अन्य रोगले आक्रमण गर्ने तथा दिर्घरोगी पनि हुन सक्छ । क्रमश यसको जीवनमा नकारात्मक कुराले डेरा जमाउंँछ । चिकित्सकले पनि शरीरका अधिकांश रोग निको पार्न शारिरीक व्यायाम, खानपान सुधार्न र सकारात्मक सोचाई र आत्मबल हुनुपर्ने सुझाव दिंँदै आएका छन ।
सकारात्मक सोचले के कस्ता रोग निको पार्न मदत पुग्छ ? सकारात्मक सोचाई किन आवश्यक छ ? सकारात्मक सोचाईले के कस्ता दिर्घरोगीहरुलाई फाइदा पुग्छ भन्ने लगायतका बिषयमा पुष्पाञ्जली अस्पताल भरतपुरका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीसंँग कुराकानी । विस्तृत जानकारी तलको भिडियोमा उपलब्ध छ ।
