• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

  •  शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

महोत्तरी । आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो ।

“अबचाहिँ उपचारै नपाएर मरिन्न होला”, महोत्तरीको बर्दिबास–२ की सङ्गीता मुखिया भन्नुहुन्छ, “अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, बर्दिबास अस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।”

विसं २०६४ मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् । एकताका नजिकमै अस्पताल भए पनि उपचार पाउने/नपाउने संशयले बाहिर उपचार गर्न जाने सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालले २७ हजार ७१ जनालाई उपचार सेवा दिएको अस्पताल सेवा मेडिकल सुपरिटेण्डेण्ट डा सुदीप ठाकुरले बताउनुभयो । जसमा एक हजार पाँच सय ४९ सुत्केरी सेवा लिएका छन् । जसमध्ये चार सय ९६ जनाले शल्यक्रियाका माध्यमबाट सुत्केरी सेवा लिएका डा ठाकुरले स्पष्ट पार्नुभयो । उपचार सेवा लिने सेवाग्राहीमध्ये २३ हजार दुई सय ९८ जनाले ओपिडी सेवा लिएका छन् । खासमा सुत्केरी सेवाको कुशल व्यवस्थापनले अस्पतालको सेवाबारे राम्रो सन्देश प्रवाह भएको बर्दिबासका बारनचौडीका विदुर काफ्ले बताउनुहुन्छ ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ का बितेका चार महिना (साउनदेखि कात्तिकसम्म) ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउनुहुन्छ ।

सुरुमा १५ शय्याको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले ५० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी (शल्यक्रिया), इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा ठाकुरको भनाइ छ ।

अस्पतालले सामाजिक सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिलाई बर्दिबास नगरपालिकाको सिफारिसमा निःशुल्क र विशेष छुटमा उपचार सेवा दिने गरेको छ । सेवा विस्तार गरिँदै लगिएपछि अस्पतालमा बर्दिबास नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका छिमेकी जिल्ला धनुषाको मिथिला तथा सर्लाहीको ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ । यसबाहेक सिन्धुलीको दुधौली नगरक्षेत्रका बिरामी पनि यहाँ उपचार लिन आउने गरेका छन् । बर्दिबास नगरपालिकाकै जनसङ्ख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ७४ हजार ती सय ६१ जना छ । यो र छिमेकका अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ ।

अस्पतालमा हाल पाँच विशेषज्ञसहित १५ जना चिकित्सक, विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी ७५ जना र अन्य प्रशासनिक सेवासहित एक सय १० जना कार्यरत रहेका अध्यक्ष शर्माको भनाइ छ । बर्दिबास नगरपालिकाले नगरसभाबाटै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अस्पतालको सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । उपचार प्रबन्धले यो अस्पतालले मधेसभरिकै नगर अस्पतालमा उत्कृष्ट स्थान पाएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानको भनाइ छ । रासस

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.