• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल

  •  शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित

महोत्तरी । आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ । अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो ।

“अबचाहिँ उपचारै नपाएर मरिन्न होला”, महोत्तरीको बर्दिबास–२ की सङ्गीता मुखिया भन्नुहुन्छ, “अस्पतालमा बिरामीले राम्रो वास्ता पाउँछन्, बर्दिबास अस्पतालको उपचार सेवाबारे विश्वास र भरोसा बढेको छ ।”

विसं २०६४ मा स्थापित यो अस्पतालले क्रमशः सेवा विस्तार गर्दै गएपछि सेवा लिने निकै बढेका छन् । एकताका नजिकमै अस्पताल भए पनि उपचार पाउने/नपाउने संशयले बाहिर उपचार गर्न जाने सर्वसाधारण अब यहीँ उपचार लिन थालेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालले २७ हजार ७१ जनालाई उपचार सेवा दिएको अस्पताल सेवा मेडिकल सुपरिटेण्डेण्ट डा सुदीप ठाकुरले बताउनुभयो । जसमा एक हजार पाँच सय ४९ सुत्केरी सेवा लिएका छन् । जसमध्ये चार सय ९६ जनाले शल्यक्रियाका माध्यमबाट सुत्केरी सेवा लिएका डा ठाकुरले स्पष्ट पार्नुभयो । उपचार सेवा लिने सेवाग्राहीमध्ये २३ हजार दुई सय ९८ जनाले ओपिडी सेवा लिएका छन् । खासमा सुत्केरी सेवाको कुशल व्यवस्थापनले अस्पतालको सेवाबारे राम्रो सन्देश प्रवाह भएको बर्दिबासका बारनचौडीका विदुर काफ्ले बताउनुहुन्छ ।

अस्पतालले आर्थिक वर्ष २०८१/८२ का बितेका चार महिना (साउनदेखि कात्तिकसम्म) ११ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । अस्पतालको प्रसूति सेवाले टाढाटाढा सेवा लिन जानुपर्ने वाध्यता हटेको ग्रामीण महिलाको प्रतिक्रिया छ । पछिल्ला चार महिनामै सुत्केरी सेवा लिने चार सय माथि पुगेका छन् । शल्यक्रियाबाट सुत्केरी सेवा लिनेकै सङ्ख्या यो चार महिनाको अवधिमा एक सय ८५ छ । प्रसूति सेवाको व्यवस्थाले जनकपुरसम्म जानुपर्ने अवस्था अब हटेको बर्दिबास–२ का गायत्री उपाध्याय बताउनुहुन्छ ।

सुरुमा १५ शय्याको यो अस्पतालले सेवा विस्तार गर्दै अहिले ५० शय्याबाट सेवा दिँदैछ । अस्पतालमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, ओपिडी, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ओसिएमसी, एसएनसियुसहितका सेवा सञ्चालनमा छन् । यसैगरी ओपिडी सेवामा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी (शल्यक्रिया), इण्टरनल मेडिसिन र एमडीजिपी उपचार दिइरहेको डा ठाकुरको भनाइ छ ।

अस्पतालले सामाजिक सुरक्षा सेवा स्थापना गरी यसअन्तर्गत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिलाई बर्दिबास नगरपालिकाको सिफारिसमा निःशुल्क र विशेष छुटमा उपचार सेवा दिने गरेको छ । सेवा विस्तार गरिँदै लगिएपछि अस्पतालमा बर्दिबास नगरक्षेत्रबाहेक जिल्लाकै औरही र भङ्गाहा नगरपालिका छिमेकी जिल्ला धनुषाको मिथिला तथा सर्लाहीको ईश्वरपुरसम्मका बिरामी उपचार लिन आउने गरेका अस्पतालले जनाएको छ । यसबाहेक सिन्धुलीको दुधौली नगरक्षेत्रका बिरामी पनि यहाँ उपचार लिन आउने गरेका छन् । बर्दिबास नगरपालिकाकै जनसङ्ख्या २०७८ को राष्ट्रिय जनगणनाअनुसार ७४ हजार ती सय ६१ जना छ । यो र छिमेकका अन्य स्थानीय तहका गर्दा करिब दुई लाख जनाले यो अस्पतालको सेवा सम्पर्कमा रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ ।

अस्पतालमा हाल पाँच विशेषज्ञसहित १५ जना चिकित्सक, विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी ७५ जना र अन्य प्रशासनिक सेवासहित एक सय १० जना कार्यरत रहेका अध्यक्ष शर्माको भनाइ छ । बर्दिबास नगरपालिकाले नगरसभाबाटै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको हुँदा अस्पतालको सेवालाई अझ विस्तार गरिँदै गुणस्तरीय भरपर्दो बनाइँदै लगिने नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउनुहुन्छ । उपचार प्रबन्धले यो अस्पतालले मधेसभरिकै नगर अस्पतालमा उत्कृष्ट स्थान पाएको बर्दिबास नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेश पासवानको भनाइ छ । रासस

शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.