• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी

  •  सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित

भोजपुर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्देश्यले चारदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रासाउन्ड, स्त्रीरोग, ल्याब परीक्षण लगायतको सेवा प्रवाह भइरहेको आयोजकले जनाएको छ ।

स्थानीय नागरिकलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । “स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यले यहाँ शिविर सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “शिविरबाट नागरिकले एक साथ सबै खालको सेवा लिन सक्नेछन् ।”

नेपाल सरकारबाट प्राप्त स्रोत साधनबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा पर्याप्त नभएकाले कादुरीसँगको सहयकार्यमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । रोग पहिचानसँगै त्यसको उपचारका लागि शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । शिविरसँगै एसइई दिएर बसेको विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छनोटको काम भइरहेको उहाँको भनाइ छ । छनोटमा परेका विद्यार्थीलाई कादुरीले निःशुल्क प्राविधिक शिक्षा दिने उहाँले जानकारी दिनुभयो ।

यही मङ्सिर ७ गतेदेखि सुरु भएको शिविर आजसम्म सञ्चालन हुने कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिनुभयो । सञ्चालन भइरहेको शिविरको ब्रिटिसका राजदूतले शनिबार अवलोकन गर्नुभएको छ । स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा सबै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ का स्थानीय प्रेम राईले बताउनुभयो ।

“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, उहाँले भन्नुभयो, “निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोगको उपचार गर्न पाइयो, धेरै खुसी लागेको छ, यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”

दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ–२ का स्थानीय काजिराम राईले बताउनुभयो । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, उहाँले भन्नुभयो, “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।” रासस

सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.