पछिल्ला बर्षहरुमा नेपालीहरुमा हर्टअट्याक वा ह्दयघात चिकित्सा क्षेत्रमा या भनौं नेपाली समाजमा टाउको दुखाईको बिषय बनेको छ । केही दशक अघिसम्म उमेर पुगेका वा ज्यष्ठ नागरिकमा हर्टअट्याक हुने गरेकोमा अहिले युवा उमेरमै पनि यस्ता घटना देखिन थालेका छन । कतिपयको त समयमै उपचार नपाएर मृत्यु समेत हुने गरेको छ ।
ह्दयघातले न उमेर , न लिंग, न समय केही पनि आधार मानेको हुंँदैन । यो समस्या वा घटना जुनसुकै बेला , जोसुकैलाई जहांँकहीं पनि हुन सक्छ । यो कतिखेर हुन्छ र जोखिम हुुंँदैछ भन्ने त्यस्तो लक्षण तथा संकेत पनि देखिदैन ।
हर्टअट्याक बिशेषगरी आधुनिक जीवनशैली यापन गर्ने, शारिरीक व्यायाम नगर्ने तथा धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिलाई बढी जोखिम हुने चिकित्सकहरुले बताउंँदै आएका छन । तर कतिपय व्यक्तिमा मानसिक तनाव , अन्य कुनै जटिल रोग, मोटोपन , डिप्रेसन लगायतका समस्याले पनि हर्टअट्याक हुने कारक रहेको चिकित्सकको भनाई छ ।
एकपटक हर्टएट्याक भएर रिकभर भएको व्यक्ति पुनः सामान्य व्यक्ति जस्तो काम गर्न सक्छ कि सक्दैन, काम गर्न हुन्छ कि हुंँदैन र यस्ता व्यक्तिलाई हर्टअट्याक हुन नदिन बिषेशत के के बिषयमा ध्यान दिनुपर्दछ लगायतका बिषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग बिशेषज्ञ प्राडा राजेन्द्र कोजुसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
