• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘अपाङ्गता समावेशी’ व्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग

  •  सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा यहाँ आज पत्रकार सम्मेलन गरी पहुँचयुक्ततासम्बन्धी मापदण्ड अझै विस्तृत र अनिवार्य कार्यान्वयन गराउन सहरी विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमित अनुगमन गर्नुपर्नेसमेत माग गरेको छ ।

“विपद् व्यवस्थापन र मानवीय संकटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैर सरकारी संस्थाका कामलाई अपाङ्गता समावेशी बनाउन पैरवी र प्राविधिक सहयोग गर्दै अपाङ्गता भएका व्यक्तिका लागि कानुनमा भएका विभेदकारी व्यवस्थाहरू हटाउनका लागि पैरवी गर्नुपर्ने आवश्यकता देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

सोही अवसरमा महासङ्घका महासचिव सुगम भट्टराईले अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमताको स्वीकार्यतालाई सुनिश्चित गर्न र सहयोगमा आधारित निर्णय प्रक्रियालाई प्रवद्र्धन गराउन पहल गर्नुपर्ने र अपाङ्गताको परिभाषा र वर्गीकरणलाई वैज्ञानिक र अन्तर्राष्ट्रिय मान्यता अनुसार बनाउन त्यसमा समेटिन नसकेका अपाङ्गता समूहलाई समेट्नका लागि पहल गर्नुपर्ने जोड दिनुभयो ।

अपाङ्ता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस यही डिसेम्बर ३ तारिखमा विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृत रूपमा प्रवद्र्धन गर्न सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल नारा अपाङ्गता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन र दिगो विकास लक्ष्यका अपाङ्गतासम्बन्धी सूचक प्राप्ति गराउने ध्येयमा आधारित छ । जसले अपाङ्गता भएका व्यक्तिको नेतृत्व र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका जोड दिन्छ ।

उक्त धारा २९ मा रहेको राजनीतिक अधिकार र सार्वजनिक जीवनमा सहभागितासँग सम्बन्धित छ । जसले अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक प्रक्रियामा समान र प्रभावकारी रूपमा सहभागी हुने अधिकार प्रदान गर्दछ ।

त्यस्तै यो वर्षको नारा दिगो विकास लक्ष्यको लक्ष्य १० र १६ मा रहेको समावेशी समाजको विकास र सामाजिक न्याय प्रवद्र्धनसँग सम्बन्धित छ ।

यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल ‘इम्पिलिफाइङ दि लिडरसिप अफ परसन्स विथ डिजाविलिटिज फर एन इन्क्लुसिभ एण्ड सस्टेनेबल फ्युचर’ रहेको छ भने सोही नाराको परिप्रेक्ष्यमा रही नेपाल सरकारद्वारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ तय गरिएको छ । रासस

सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.