• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘अपाङ्गतासम्बन्धी प्राप्त अधिकारको संरक्षणमा लाग्नुपर्छ’

  •  मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले अपाङ्गतासम्बन्धी प्राप्त अधिकारको संरक्षण थप अधिकार प्राप्तिका निम्ति सबैलाई अुनरोध गर्नुभएको छ ।

‘अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस, २०२४’ को अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मूल समारोह समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले सो अनुरोध गर्नुभएको हो ।

मन्त्री सुडीले भन्नुभयो, “हालसम्म प्राप्त भएका उपलब्धिहरूको संरक्षण गरी थप उपलब्धि प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्ति, यो क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी सङ्घ–संस्था सबैको तर्फबाट सहयोग हुने अपेक्षा लिएको छु, हालसम्मका उपलब्धि प्राप्तिमा योगदान गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै थप योगदानका लागि अनुरोधसमेत गर्दछु ।”

अपाङ्गता भएका व्यक्तिको नेतृत्व विकास तथा आधारभूत स्वतन्त्रताको पूर्ण उपभोग गर्न सक्षम तुल्याउन उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक अधिकारसमेतका क्षेत्रमा सशक्तीकरण गर्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित कार्यक्रमलगायत अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका कार्यक्रम र स्रोतहरू समेतलाई एकीकरण गरी एकीकृत ढाँचाबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अपाङ्गताको क्षेत्रमा परिचालन भइरहको स्रोतमा प्राथमिकताका आधारमा अतिआवश्यक भएकाको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता देखाउँदै उहाँले त्यसका लागि अब बन्ने नीति, कार्यक्रम र कार्ययोजनामा विशेष ध्यान दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपालको वर्तमान संविधान एवं अपाङ्गतासम्बन्धी कानुनी व्यवस्थामा अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको आधारमा कुनै पनि भेदभाव नगरिने गरी अधिकारको सुनिश्चित गरिएको छ । नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धि २००६ लाई २००९ मा अनुमोदन गरी कार्यान्वयन गरिरहेको छ ।

“अपाङ्गता भएका व्यक्तिको सहभागिता र नेतृत्व सुनिश्चित गर्न सशक्तीकरणको आवश्यकता रहेको छ, त्यसका लागि क्षमता विकास र अवसरमा प्राथमिकता दिने नीति लिइएको छ, नेतृत्व विकासका लागि पहुँचको आवश्यकता र पहुँचका लागि सहायक सामग्री, सहयोगी सेवा, पहुँचयुक्त पूर्वाधार निर्माणजस्ता विषय प्राथमिकतामा राखी काम भइरहेको छ”, मन्त्री सुडीले भन्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आर्चायले अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमताको स्वीकार्यतालाई सुनिश्चित गर्न र सहयोगमा आधारित निर्णय प्रक्रियालाई प्रवद्र्धन गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । रासस

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.