• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी

  •  बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

काठमाडौँ । सन्तानको सफलता नचाहने र उनीहरुको भविष्यबारे सपना नदेख्ने अभिभावक को होलान् र ? जोकोहीलाई आफ्नो सन्तानको सफलता देख्ने रहर हुन्छ । रत्नकला ओलीको सपना पनि त्यो भन्दा फरक थिएन । आफ्नो पहिलो सन्तानको खुसी र सफलतामा रमाउने उहाँको पनि सपना थियो ।

तर, ओलीको परिवारमा ठूलो बज्रपात प-यो । पहिलो सन्ताननै शारीरिक रुपमा अपाङ्गता भएको अवस्थामा जन्मियो । विसं २०६० मा जन्मिएका ओम किशान्त डल्लाकोटी अस्पतालबाटै शारीरिक अशक्त भएको परिवारले थाहा पायो । ओम प्रशान्त हाल २१ वर्षको हुनुभयो । उहाँ पूर्ण रुपमा शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ ।

“पहिलो सन्तानप्रतिको सपना र चाहनामा तुसारापात भयो । परिवारमा बज्रपात आइलाग्यो”, ओम प्रशान्तका बुबा उद्धवराज डल्लाकोटीले भावुक मुद्रामा भन्नुभयो, “मेरा अरु दुई छोरा राम्रा छन् । एउटा अध्ययनका लागि विदेशमा छ, अर्को नेपालमै लङ टेनिस खेलाडी छ ।”

जेठो छोरो ओम प्रशान्त शारीरिक अपाङ्गता भएपछि रत्नकला ओलीले अपाङ्गता स्याहार केन्द्र खोल्ने अठोट गर्नुभयो । “आजभन्दा २१ वर्ष अगाडि अपाङ्गता भएको सन्तानको पीडाले विक्षिप्त भएको मन मस्तिष्कलाई नियन्त्रणमा लिएर कठिन परिस्थितिमा बालबालिकाको हेरचाह गर्ने सामाजिक सेवा भाव राखेर आजको अवस्थामा आइपुगेको हुँ”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो ।

छोराको नामबाटै विसं २०६७ मा ‘ओम अपाङ्गता बालबालिका स्याहार केन्द्र’ स्थापना गरेर ओलीले शारीरिक र मानसिक समस्यामा रहेका बेवारिसे बालबालिकाको स्याहार गर्न थाल्नुभयो । करिब १० वर्ष भाडाको घरमा सञ्चालन हुँदै आएको केन्द्र हाल अढाइ तले सुविधासम्पन्न पक्की भवनमा सरेको छ ।

३३औँ अपाङ्गता अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङगलबार नवनिर्मित स्याहार केन्द्र भवनको चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख धनश्याम गिरी र किवानी इन्टरनेशनल बोर्ड अफ ट्रष्टि मोहन लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

केन्द्रकी अध्यक्ष ओलीले अपाङ्गता दिवसको दिन अशक्त बालबालिकालाई उपहारस्वरुप नयाँ भवन सम्पन्न गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउनुभयो । उहाँका अनुसार पाँच÷सात जनाको समूहले रु २० लाख रकमबाट निर्माण सुरु गरेको स्याहार केन्द्रलाई विभिन्न दाता, शुभेच्छुक र स्वीट्जरल्याण्डका दुई नागरिकको सहयोगमा आफ्नै भवन बनाउन सफल भएको हो । फिस्टेल सेक्युरिटी सर्भिसको प्रबन्ध निर्देशकसमेत रहनुभएकी रत्नकलाका श्रीमान् उद्धवराज डल्लाकोटीले केन्द्रको कोषाध्यक्षको भूमिकामा रहेर काम गर्नुभयो ।

केन्द्रको भवन निर्माणका लागि चन्द्रागिरि नगरपालिका तथा नेपालबाट ८० भन्दा बढी दाता र केही विदेशी नागरिकले सहयोग गरेका छन् । भवन निर्माणका लागि हालसम्म रु दुई करोड १९ लाख खर्च भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । यो आवासीय स्याहार केन्द्रमा हाल २६ जना अपाङ्गता भएका बालबालिका छन् । उनीहरुलाई सीपमूलक हस्तकलाका सामग्री उत्पादनमा सक्रिय गराइएको छ । अस्पतालमा उपचार हुन नसकेर बेवारिसे बनेका, सडकमा अलपत्र परेका र अपाङ्गता भएका बालबालिकालाई स्याहार केन्द्रमा ल्याएर हुर्काउने र शिक्षा प्रबन्ध मिलाइएको संस्थाले जनाएको छ ।

केन्द्रकी अध्यक्ष ओलीले चन्द्रागिरि नगरपालिकासँगको समन्वय र सहकार्यमा भवनको क्षमता अभिवृद्धि गर्ने र भवनमा आवश्यक पूर्वाधार विकास गर्ने योजना रहेको सुनाउनुभयो । नयाँ भवन पाएपछि अपाङ्गता भएका बालबालिका निकै खुसी भएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले अपाङ्गता भएका बालबालिकाको संरक्षण र स्याहार सुसारका लागि नगरपालिकाले सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले आवासीय रुपमा ओम अपाङ्गता बालबालिका स्याहार केन्द्र स्थापना हुने नगरपालिकाकै गौरवको विषय भएको भन्दै नगरपालिकाभित्र दुई सयभन्दा बढी अपाङ्गता भएका बालबालिकाको व्यवस्थापनमा सरोकारवाला संस्थासँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । अशक्त बालबालिकालाई आवास मात्रै नभई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने कार्यमा पनि नगरपालिकाले सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसायी मोहन लम्सालले शारीरिक र मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाको लागि आवासीय स्याहार केन्द्र स्थापनामा सहयोग गर्ने अवसर पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा यस्ता केन्द्र र विद्यालय निर्माणमा निरन्तर सहयोग जुटाउने विश्वास व्यक्त गर्नुभयो ।

चन्द्रागिरि वडा नं १३ का अध्यक्ष श्रीकृष्ण खत्रीले अशक्त बालबालिकाको स्थायी व्यवस्थापनका लागि स्थापित स्याहार केन्द्रलाई नमूनाको रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । बालअधिकारको क्षेत्रमा कार्यरत नवीनचन्द्र घिमिरेले अपाङ्गता भएका बालबालिकाको स्थायी व्यवस्थापन निकै जटिल विषय बनिरहेको सन्दर्भमा यस्ता आवासीय भवन उपयोगी हुने बताउदैँ बालसुधार केन्द्रहरुको दिगो र प्रभावकारी व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

अपाङ्गता स्याहार केन्द्रले राष्ट्रिय बालअधिकार परिषद् तथा बालबालिका खोजतलास केन्द्रबाट सडकमा अलपत्र भएका बालबालिकाहरू सिफारिस गरेका आधारमा बालबालिकालाई स्याहार केन्द्रमा संरक्षण गर्दै आएको केन्द्रले जनाएको छ । बाबा आमा कोही नभएर परिवारबाट अपहेलित भएर सडकमा आएका बालबालिकालाई यहाँ ल्याउने गरिन्छ । धेरैजसो बालबालिका खोजतलास केन्द्रबाट आएका छन् । अन्य घरपरिवार बा, आमाको घरका झगड़ा छुट्टिएपछि बेसहारा भएका बालवालिका गाउँ छिमेक, नगरपालिका, वडाबाट सिफारिस भएर आउने गरेका छन् । संस्थाले यस्ता बालबालिका विभिन्न किसिमबाट अपाङ्गता भएका कारण आफ्नो स्याहार आफैँ गर्न नसक्ने बालबालिकालाई ‘फिजियोथेरापी’, विशेष शिक्षा दिँदै आएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्बाट सिफारिस गरेर पठाएका बालबालिकालाई वार्षिक रु पाँच/छ लाख परिषद्ले अनुदान उपलब्ध गराउने गरेको छ । हातेमालो गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय, स्थानीय क्लब, स्थानीय नागरिक, चिनजानबाट पनि सहयोग प्राप्त हुने गरेको केन्द्रले जनाएको छ । स्याहार केन्द्रमा मस्तिष्क पक्षघात भएका, शारीरिक अपाङ्गता भएका बालबालिका छन् । उनीहरुलाई अनौपचारिक शिक्षाको व्यवस्था गरिएको छ । रासस

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.