• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

दृष्टिविहीन राना दम्पती सामान्य जीवन यापन गर्दै

  •  बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५८ वर्षीय रामा राना जन्मजात दृष्टिविहीन हुनुहुन्छ । उहाँकी श्रीमती सुदामा राना पनि दृष्टिविहीन हुनुहुन्छ । उहाँहरूको परिवारमा अहिले दुई जना मात्र हुनुहुन्छ ।

दुवै जनाले आफ्नो दैनिकी सामान्य व्यक्ति जस्तै गरी बिताइरहनुभएको समाजसेवी दिलबहादुर साउदले बताउनुभयो । जन्मदेखि नै फरक क्षमता भएका रामा र सुदामा समुदायका लागि प्रेरणा बन्नुभएको छ ।

कहिलेकाही फुर्सदका बेला छिमेकीले खाना बनाइदिने गरेका रामाले बताउनुभयो । “छिमेकीलाई फुर्सद नभएको बेला दम्पती मिलेर खाना बनाएर खाने गर्छौँ । घर छेउमा बनाइएको नल्का (धारा) मा भाँडाकुँडा धुने, कपडा धुनेलगायत काम गर्छौँ”, उहाँले भन्नुभयो ।

“सुरु सुरुमा खाना बनाउन, सामान खोज्न, कपडा धुन निकै अप्ठेरो हुन्थ्यो”, सुदामाले भन्नुभयो, “अहिले बानी परिसक्यो, सबै कार्य अन्दाजका भरमा गर्दै आएका छौँ ।” छामेर कुन दरको नोट (पैसा) हो भन्नेबारे पनि जान्ने गरेको उहाँले बताउनुभयो ।

रामाका अनुसार छ धुर जग्गामा बनेको घर मात्रै सम्पत्तिका रूपमा रहेको छ । उक्त घर छिमेकीले आर्थिक सहयोग सङ्कलन गरी बनाइदिएका उहाँको भनाइ छ । “भएको सबै जग्गा परिवारले पहिला नै बेचेर सक्नुभयो । जग्गा भएको भए अधिया लगाएर पनि वर्षभरी खान पुग्थ्यो”, उहाँले भन्नुभयो ।

रामा र सुदामा दुवैले नगरपालिकाबाट अपाङ्गता भत्ताबापतको रकम बुझदै आउनुभएको छ । उक्त रकमबाट जीविकोपार्जन भइरहेको रामाले बताउनुभयो । रामाले भर्रा (झाँक्री)को काम गर्ने भएकाले अन्नको जोहो त्यसबाट हुन्छ । “केहीले घरमा आएर भर्राबाट हेराउने गर्नुहुन्छ । केहीले घरमा लगेर काम गराउनुहुन्छ”, उहाँले भन्नुभयो । सानैदेखि भर्राको काम गर्दै आएको उहाँले बताउनुभयो ।

विसं २०५२ मा विवाहबन्धनमा बाँधिएका दुवै जनाका सन्तान भने छैनन् । असल छिमेकी भएकाले जीवन जिउन सहज भएको राना दम्पतीको भनाइ छ । नगरपालिकाले भत्ता दिने बाहेक सरकारी तथा गैरसरकारी निकायबाट अन्य कुनै पनि सहयोग नपाएको रामाले बताउनुभयो । वृद्ध अवस्थामा दैनिकी सञ्चालनमा समस्या हुने भन्दै स्थानीय सरकारले वृद्ध अवस्थामा अपाङ्गता भएका व्यक्तिलाई सहज हुने नीति ल्याएर उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राना दम्पती दृष्टिविहीन भए पनि सामान्य व्यक्ति सरह जीवन निर्वाह गरिरहेका स्थानीय समाजसेवी साउदले बताउनुभयो । “दुवै जनाले जीविन चलाउन गर्नुभएको सङ्घर्षबाट अरूले पनि पाठ सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “जीवन जिउने कला राना दम्पतीले समाजलाई सिकाएका छन्, उहाँहरू समाजका लागि प्रेरणाका स्रोत हुन् ।” रासस

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.