• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन’

  •  शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।

जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताउनुभयो । “चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ । जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ”, उहाँले भन्नुभयो । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उहाँको भनाइ छ ।

“खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ”, डा चापागाईंले भन्नुभयो । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उहाँको भनाइ छ ।

रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिनुभयो ।

डा चापागाईंले भन्नुभयो, “सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।” उहाँले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गर्नुभयो ।

त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुुभयो, “घाम ताप्दा शरीरलाई चाहिने भिटामिन डि प्राप्त हुन्छ र प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्छ । सङ्क्रमणको उच्च जोखिममा रहेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह लिएर भाइरल फ्लूविरुद्धको खोपसमेत दिन सकिन्छ । श्वासप्रश्वासको सङ्क्रमण भएका व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाइदिनुपर्छ ।”

बाल स्वास्थ्य नर्स डा सुरक्षा सुवेदीले पनि जाडोमा बालबालिकालाई अझ बढी स्याहारको आवश्यकता पर्ने हुनाले तातो तथा झोलिलो खानेकुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान र साँझ अत्यधिक चिसो हुने भएकाले बच्चालाई चिसोमा खेल्न दिनुहुँदैन । रुखाखोकी लाग्दैमा जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन । घरभित्रै उफ्रिने खालका व्यायाम गराउँदा उपयुक्त हुन्छ ।”

डा सुवेदीले बालबालिकालाई राति सुत्ने समयमा न्यानो बनाउन मोजा र टोपी अनिवार्य लगाइदिन अभिभावनलाई आग्रह गर्नुभयो । “जाडोमा छाला सुख्खा भइराख्ने हुनाले ‘मोस्चराइजर’ लगाइदिनुपर्छ । हिटर बालेर मसाज गर्दा पनि धेरै बेरसम्म बाल्नुहुँदैन । छालामा असर गर्न सक्छ ।”

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा चापागाईंले जाडोमा बालबालिकालाई रुघाखोकी बढी देखिने भएकाले अभिभावक आत्तिनु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो याममा बच्चाहरूलाई गर्मीमा भन्दा बढी रुघाखोकी लाग्छ । रुघाखोकी लगाउने भाइरस जाडो मौसममा बच्चाको घाँटीमा बढी समयसम्म रहिरहन्छ । सर्न सक्ने सम्भावना पनि बढी हुन्छ ।”

पौष्टिक आहार, झोलिलो खानपिन, पर्याप्त मात्रामा आराम गर्दा भाइरल रुघाखोकी पाँच–छ दिनमा हराएर जाने डा चापागाईंले बताउनुभयो । उहाँले रुघाखोकी लाग्दैमा औषधि जथाभावी पसलबाट औषधि किनेर खुवाउन हतार नगर्न अभिभावकलाई सुझाउनुभयो ।

“रुघाखोकी लागेमा न्यानो राख्ने, झोल खानेकुरामा ध्यान दिने र आराम गराउँदा बच्चा निको हुन्छ । रुघाखोकीसँगै सास फेर्न गाह्रो भएमा, कोखा हानेमा, धेरै ज्वरो आएमा, बच्चाले खाना कम गरेमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ”, बालरोग विशेषज्ञ डा चापागाईंले भन्नुभयो । रासस

शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.