• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

‘सुनिएको शरीर लिएर महेन्द्र विद्यालय पुग्छन्’

  •  आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

बलेवा (बागलुङ)। जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उहाँ पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्नुहुन्छ ।

जन्मेको तीन महिनामा उहाँ बिरामी पर्नुभयो । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउनुहुन्छ । विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै गएको उहाँ बताउनुहुन्छ ।

विक अहिले कक्षा ६ मा पढ्नुहुन्छ । शरीरका गिर्खा बढ्दै गएपछि शरीर दुख्न र सुनिन थालेको भन्दै आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जान नसकेको बताउनुहुन्छ । गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उहाँको शरीरको सामान्य परीक्षण भएको थियो । शरीरमा देखिएका गिर्खा क्यान्सर हुनसक्ने आशङ्का स्वास्थ्यकर्मीले गरेका छन् ।

विद्यालयका शिक्षकले उहाँको उपचारका लागि सहयोगी दाताको खोजी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक डिल्लीराज सापकोटा जानकारी दिनुहुन्छ । बाबु मनबहादुर र आमा तीर्थकुमारी ज्याला मजदुरी गर्नुहुन्छ । खानलाउन नपुग्ने भएपछि उहाँहरूले उपचारमा खर्च गर्नसक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

“आमाबाबुले केही गर्न सक्नुहुँदैन, विद्यालय आए पनि शरीर दुख्ने गरेकाले महेन्द्र रूने, कराउने गर्छन्”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ “सहयोग जुटाएर उपचार गर्न पठाउने योजना छ । दाताको खोजी गरिरहेका छौँ ।” भेटेका सबैलाई महेन्द्रको दुःख सुनाउने गरेको बताउनुहुन्छ ।

“महेन्द्रको घाँटी सुनिएर डरलाग्दो भइसकेको छ । उहाँ खान र अन्य काम गर्नका लागि निहुरिन पनि सक्नुहुन्न । विद्यालय आए पनि पढ्न सक्नुभएको छैन् । समयमा उपचार नगरे उहाँको जीवनमा समस्या आउने देखिन्छ”, सहायक प्रअ सापकोटा भन्नुहुन्छ ।

निसीखोला–६ का वडाध्यक्ष हेमबहादुर बुढा बालकको उपचारका लागि सहयोगी दाता खोजिरहेको बताउनुहुन्छ । “वडाले मात्रै गरेको सहयोगले उपचार खर्च पुग्दैन, आवश्यक सिफारिस गरेर सहयोगीको खोजीमा लागेका छौँ”, उहाँ भन्नुहुन्छ । सामान्य उपचारले नहुने र निरन्तर दुखाइ भइरहेकाले तत्काल उपचारमा जानैपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

विक दम्पतीले कसरी उपचार गर्ने चिन्ता लागेको बताउनुहुन्छ । मदजुरी बाहेक अन्य काम नभएकाले छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेको बाबु मनबहादुर बताउनुहुन्छ । रासस

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.