• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बाँकेका द्वन्द्वपीडित भन्छन्ः ‘प्रभावकारी उपचारको व्यवस्था हुनुपर्छ’

  •  आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

नेपालगञ्ज (बाँके) । द्वन्द्वकालमा शारीरिक तथा मानसिक यातनाबाट पीडित बनेका बाँकेका द्वन्द्वपीडित अहिले पनि कष्टकर जीउन बिताउन बाध्य छन् । द्वन्द्वकालमा पाएको शारीरिक तथा मानसिक यातनासँगै प्रभावकारी उपचार नपाउँदा समयमा नपाउँदा सास्ती खेप्नुपरेको द्वन्द्वपीडितको भनाइ छ ।

जिल्लाको कोहलपुर–११ की कलि परियारको अहिले दाँहिने कुहिनाले राम्रोसँग काम गर्न सक्दैन । “मेरो अहिले दाहिने पाटो चल्दैन, चिकित्सकले कुटपिट भएकाले समस्या भएको भन्दै आएका छन्”, उहाँले भन्नुभयो । आफू अपाङ्ताको अवस्थामा पुगेको भन्दै सरोकार भएकाले प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“श्रीमान् अहिले पनि बेपत्ता हुनुहुन्छ, धेरै वर्ष बित्यो । मानसिक पीडा छँदैछ, अहिले शारीरिक पीडा पनि थपिएको छ । औषधि उपचार गर्न कठिनाइ भइरहेको छ । राज्य तथा सरोकार भएका निकायले निःशुल्क औषधि उपचारको व्यवस्था गरे हामी पनि सामान्य जीवन जीउन सक्ने थियौँ”, परियारले भन्नुभयो ।

द्वन्द्वपीडितको जीविकोपार्जनका लागि आयमूलक सीप विकास, आम्दानीको दिगो स्रोत व्यवस्थापन र स्वास्थ्य उपचारको व्उवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “अङ्गभङ्ग भएकाहरूको शरीरलाई मलम लगाउन निःशुल्क औषधि, उपचारको व्यवस्थाका साथै आयआर्जनमा जोडिन सीप विकास आवश्यक छ”, उहाँले भन्नुभयो ।

राप्तीसोनारी गाउँपालिकाका द्वन्द्वपीडितका घाइते रामरतन थारूले तत्कालीन समयमा विभिन्न यातना पाएर बाँचेको भन्दै औषधि, उपचार नपाउँदा थप सास्ती भइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वकालमा पाएको यातनाले अहिले अपाङ्ग भएको छु । दुवै भाँचिएकाले वैशाखीको सहाराले अलिअलि हिँडडुल गर्न सक्छु । उपचारका लागि पैसा छैन, उपचारको व्यवस्थासहित अङ्गभङ्ग भएकाहरूका लागि ‘जीवन निर्वाह भत्ता’ को व्यवस्था गरिनुपर्छ ।”

द्वन्द्वपीडित थारूले अहिलेसम्म कुनै राहत नपाएको उल्लेख गर्दै वास्तविक पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । जुनसुकै सरकारी कार्यालयमा काम गर्दा÷गराउँदा द्वन्द्वपीडितलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै उहाँले कर छुट, सरकारी तथा निजी अस्पताल निःशुल्क उपचारको व्यवस्थापन गरिदिन सरोकार भएका निकायसँग आग्रह गर्नुभयो ।

थारूले भन्नुभयो, “उच्च शिक्षासम्म द्वन्द्वपीडितका छोराछोरीलाई निःशुल्क पढाइको व्यवस्था गरिदिनुपर्छ । क्षतिपूर्तिसहित अन्तरिम राहतको व्यवस्था, कुनै पेसा÷व्यवसाय गर्न चाहनेका लागि बिना धितो ऋणको व्यवस्था गर्नुपर्छ ।” उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा असहमति जनाउँदै विधेयक पीडितमैत्री नभएको गुनासो गर्नुभयो ।

बैजनाथ गाउँपालिका–८ की विनिता चौधरीले द्वन्द्वकालमा आफ्नो बुवाको हत्या भएपछि शारीरिक तथा मानसिक यातना खेप्नु परेको बताउनुभयो । विसं २०५८ मङ्सिर १७ गते बुवाको हत्या भएपछि आफू मानसिक यातनाले आत्महत्या गर्ने सम्मको अवस्स्थामा पुगेको भन्दै केही अधिकारकर्मीको संरक्षण पाएर उक्त घटना नभएको उल्लेख गर्नुभयो ।

“मानसिक यातनाले मानिसले भित्रभित्रै रोगी बनाउँछ । मानसिक यातनाले आत्महत्या गर्ने अवस्था पुगेकी थिएँ । आमाले अहिले पनि दैनिक औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । द्वन्द्वकालमा बुवाको हत्या भएपछि आमामाथि बोक्सीको आरोपमा कुटपितसमेत भएको घटना सुनाउँदै द्वन्द्वपीडितलाई आत्मसम्मानपूर्वक बाच्न दिनुपर्ने उहाँले माग गर्नुभयो ।

चौधरीले बुवाको हत्याको कारण थाहा पाउनुपर्ने उल्लेख गर्दै सदनबाट पास भएको टिआरसी विधेयक द्वन्द्वपीडितलाई न्याय दिने किसिमको नभएको टीप्पणी गर्नुभयो । “पीडकलाई कुनै हालतमा छुट दिनुहुँदैन, उनीहरूलाई कानुनी कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो ।

राप्तीसोनारी–८ का देवबहादुर डिसीले अहिले पनि राम्रोसँग कान सुन्न नसक्ने बताउनुभयो । द्वन्द्वकालमा आफूमाथि भएको शारीरिक यातनाले उहाँको श्रवणशक्ति कमजोर भएकाले उपकरणको सहारा लिनुपरेको उहाँले उल्लेख गर्नुभयो । “शारीरिक यातनाका कारण घाइते र अपाङ्ता भएको हुँ, अब राज्य र सरोकार भएकाले उचित उपचारसहित आम्दानीमूलक सीप विकाससम्बन्धी योजना ल्याएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ”, उहाँले भन्नुभयो ।

द्वन्द्वपीडित सञ्जाल बाँकेका अध्यक्षसमेत रहनुभएका डिसीले दोषीमाथि कारबाही हुँदा द्वन्द्वपीडितलाई न्याय हुने उल्लेख गर्दै औषधि उपचारलाई सहज बनाइदिन सरोकार भएका पक्षलाई आग्रह गर्नुभयो ।

नेपाल पिस विल्डिङ इनिसिएटिभका कार्यक्रम प्रबन्धक मिबुसा घिमिरेले द्वन्द्वमा भएका गम्भीर प्रकारका घटनाका विषय संवेदनशील भएको औँल्याउँदै पीडितको पक्षमा स्थानीय सरकारबाट विस्तारे असल अभ्यास हुँदै गएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । यस परियोजनाले द्वन्द्वपीडितका पक्षमा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, रोल्पा र दाङमा काम गर्दै आएको छ ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारूले द्वन्द्वपीडितका लागि द्वन्द्वपीडित सञ्जाल गठन गरेर निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, बाँकेले अहिलेसम्म एक सय २२ जना अपाङ्ता भएका द्वन्द्वपीडितले राहत लिएको जनाएको छ । साथै ६५ जना द्वन्द्वपीडितले जिल्लामा जीवन निर्वाह भत्तासमेत लिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका अनुसार जिल्लामा द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या दुई सय ८४, बेपत्ता ६२ र १४ अङ्गभङ्ग भएका छन् । रासस

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.