• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
बुधबार, मङि्सर १३, २०८०
बुधबार, मङि्सर १३, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
  • १३ मिनेट 

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
  • १५ मिनेट 

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन
  • २० मिनेट 

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज
  • २४ मिनेट 

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने
  • २८ मिनेट 

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
  • २ घण्टा 

स्वास्थ्यमा नेपाल औषधि व्यवसायी संघले ५० बर्षमा यी काम गरेका छौं । || अध्यक्ष – प्रकाश खण्डेलवाल ||
  • ८ घण्टा 

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
  • १९ घण्टा 

जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

  • २. लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

  • ३. डाक्टर बन्ने बाल्यकालको मेरो सपना

  • ४. शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

  • ५. सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

  • ६. ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै

  • ७. चितवनको खैरहनीमा घरघरमै सेवा दिन बा–आमा स्वास्थ्य कार्यक्रम

  • ८. तनहुंँको भानु नगरपालिकामा आँखा शिविर

  • ९. सामुदायिक सेवा प्रतिष्ठानले पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिदिने

  • १०. नेपाललाई चिकित्सा शिक्षाको केन्द्र बनाउन सरकार क्रियाशील : स्वास्थ्यमन्त्री बस्नेत

खोटाङका ५२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

  •  सोमबार, चैत २१, २०७८ मा प्रकाशित

खोटाङ, टाइफाइड रोगविरुद्धको खोप अभियानका क्रममा खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार बढी बालबालिकालाई खोप दिने तयारी गरिएको छ । आगामी २९ चेतदेखि ४ बैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप दिने तयारी गरिएको हो ।

टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवातसम्बन्धी सोमबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, पाँच वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, दुई वर्षदेखि चार वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ ।

टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रम अन्तर्गत जिल्लामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालित हुने छन् । यस्तै, खोप पश्चात हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनका लागि १० जनाको टिम तयार पारिएको छ । खोप अभियानका लागि २२ चैतदेखि २७ चैतसम्म भ्याक्सिन तथा खोप ढुवानी गरिने प्रमुख सिग्देलले बताए ।

यस्तै, १९ चैतदेखि ४ वैसाखसम्म पर्चा, पम्प्लेट र पोष्टर वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउनका लागि राजनीतिक दल र स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गर्ने र अभियान सकिएपछि नियमित खोप कार्यक्रममा टाइफाइड विरुद्धको खोप समावेस गरी १५ महिनाको उमेरमा एक मात्रा खोप निरन्तर उपलव्ध गराउने नेपाल सरकारको तयारी छ । न्यूज कारखाना

सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

लोकप्रिय

नेपालमा जनस्वास्थ्यको उपलब्धि र चुनौतिहरु

लायन्स क्लबद्वारा भरतपुर अस्पताललाई हेमोडायलासिस मेसिन हस्तान्तरण

डाक्टर बन्ने बाल्यकालको मेरो सपना

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला

सामाजिक सुरक्षा कोषले गर्यो पुरानो मेडिकल कलेजलाई सम्मान

ताजा

मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

एकीकृत जनस्वास्थ्य अभियान सञ्चालन

स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.