भरतपुर । चितवनमा पहिलो पटक अनुहारको हड्डि सिधा गर्ने शल्यक्रिया अर्थोग्नाथिक सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ। यो शल्यक्रिया डा.कृष्ण प्रसाद रेग्मीको नेतृत्वमा गरिएको हो ।
मुख तथा मेंक्सिलोफेशियल सर्जन डा.रेग्मीका अनुसार विगतमा गरिएका दन्त विद्याका महत्त्वपूर्ण सर्जरीमध्ये यो अर्को ठूलो सर्जरी भयको उहाँले बताउनुभयो ।
अनुहारको हड्डि सिधा गर्ने सुधारात्मक शल्यक्रिया अनुहारको असमानता ,खाना खाँदा टोकाइको समस्या र कार्यात्मक कठिनाइहरूको उपचारका लागि यो सर्जरी प्रभावकारी हुने चिकित्सकहरुको भनाइ छ । यसले बिरामीको शारीरिक बनोट मात्रै होइन, आत्मविश्वास र जीवनस्तर सुधार्नमा समेत महत्वपूर्ण भूमिका खेल्नेमा विज्ञहरुको भनाइ छ ।
भरतपुरमा पछिल्लो समय महत्त्वपूर्ण थ्री डी भर्चुअल सर्जिकल प्लानिङ प्रविधि सफलतापूर्वक सम्पन्न भैरहेका छन् । भने दन्त सेवा लिन आउने बिरामीमा पनि विश्वास बढ्दै गएको देखिन्छ ।
