डा.महेन्द्र कुमार अग्रहरी : मेडिकल भाषाको कोलेष्ट्रोल प्राय सुनिरहने शब्द हो । प्राय चिकित्सकहरुले पनि कोलेष्ट्रोलकोबारेमा सञ्चारमाध्यम तथा विभिन्न माध्यममार्फत यसबारेमा बुझाउंँदै आउनु भएको छ । जनमानसमा पनि कोलेष्ट्रोल चिरपरिचित शब्द भएपनि यसको गहिरो ज्ञानबाट बिरामी अनविज्ञ छन ।
सरसर्ती हेर्दा कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूणर् मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो । तर यसको मात्रा अस्वभाविक रुपमा बढ्दा बिरामीको स्वास्थ्यमा गम्भिर असर पुर्याउंँछ । यो वंशाणुगत कारणले हुने एक सामान्य समस्या पनि हो ।
शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त हुन्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा यो कोलेष्ट्रोल र रगतमा मिसिएर धमनी हुंँदै मुटुमा गई ह्दयघात पनि भईरहेको धेरै उदाहरण छन ।
सामान्य कोलेष्ट्रोल हाम्रो शरीरलाई आवश्यक परेपनि उच्च कोलेष्ट्रोल बिशेषगरी प्रेसर, सुगर, थाईराइड भएका बिरामीलाई बढी हुने गर्दछ र उनीहरुनै बढी ह्दयघातको जोखिममा हुन्छन । त्यसकारण उच्च कोलेष्ट्रोल कम गर्न के गर्ने ? यसका लक्षण के कस्तो हुन्छ ? बच्न के गर्नुपर्छ ? र यसमा आएका प्रविधि, जांँच के के छन ? भन्नेबारेमा समयमै जानी राख्न निकै आवश्यक छ ।
लेखक डा.महेन्द्र कुुुमार अग्रहरी भरतपुर सामुदायिक अस्पताल लिमिटेडमा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत हुनुहुन्छ ।
