प्रा.डा.ऋषिकुमार काफ्ले । मानिसका विभिन्न अंगहरुको भूमिका र काम अलग अलग हुन्छ । त्यसमध्ये पनि मानिसको मस्तिष्क मुटु, फोक्सो, कलेजो तथा मृर्गाैलालाई महत्वपूर्ण अंगको रुपमा लिइन्छ । किनकी यी अंगहरु विना मानिस जीवित रहन सक्दैन । त्यस्तै अंगहरुमध्ये मृगौला पनि मानिसको अति महत्वपूर्ण अंग हो । जसले मानिसको शरीरमा भएको विकार पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्ने गर्दछ । मृर्गौलालेनै हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।
हुनत मानिसमा दुईवटा मृगौला हुन्छन ती मध्ये एउटा मृगौलालले पनि मानिस बांँच्न सक्छ । मानिसले स्वस्थ खाना र स्वस्थ जीवनशैली यापन गरे उसको मृगौला पनि स्वस्थ भईरहन्छ । तर मानिसले अस्वस्थकर खाना, मादक पदार्थको सेवन र बढी मासुजन्य जस्ता खाने कुरा खांँदा पनि मृर्गौला रोगको उच्च जोखिम हुने गर्दछ । तौल बढी भएका र उच्च रक्तचाप भएका मानिसलाई पनि मृर्गौला रोगको बढी जोखिम हुन्छ ।
कतिपय बिरामीहरु मृर्गाैला रोगका लक्षण थाहा नपाएर बिरामीहरु डाक्टरको सम्पर्कमा ढिलो जांँदा बिरामी गम्भिर भएर मृत्यु पनि हुने गरेको धेरै उदाहरणहरु हामी चिकित्सकहरुले देखिरहेका छौं । मृर्गौला रोग कस्ता व्यक्तिलाई बढी हुन्छ ? के कुराले मृर्गौला विग्रन्छ ? मृर्गौला रोग किन लाग्छ ? मृर्गौला स्वस्थ राख्न के के गर्नुपर्छ भन्ने बिषयमा केन्द्रित रहेर आजकै दिनबाट सरोकार निकाय र आमनागरिक बीच छलफल गरि मृर्गौला रोग लाग्नबाट बच्न आवश्यक देखिँदै छ ।
लेखक प्रा.डा.ऋषिकुमार काफ्ले मृर्गौला बचाऔं अभियान, काठमाडौंका अध्यक्ष हुनुहुन्छ ।
