• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

टाइफाइडविरुद्ध नियमित खोप

  •  मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

बागलुङ, टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् ।यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुरा÷रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

“अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन्छ, त्यसपछि नियमित खोपअन्तर्गत १५ महिनाका प्रत्येक बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउन पाउँछन्,” उहाँले भन्नुभयो, “बालबालिकामा अरूमा भन्दा टाइफाइड हुने दर ११ गुणाले बढी हुने भएकाले सोही उमेर समूलाई लक्ष्य गरी सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।” नेपालमा टाइफाइडको सङ्क्रमण दर उच्च छ । प्रतिएक लाख जनसङ्ख्यामा १०० लाई टाइफाइड भएमा सङ्क्रमणको उच्च अवस्था मान्ने गरिएको र एक अध्ययनअनुसार नेपालमा प्रतिलाखमा एक हजार ६२ जनामा सङ्क्रमण पाइएको प्रमुख गुरौको भनाइ थियो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा बागलुङमा मात्रै छ हजार ९६० टाइफाइडका बिरामी भेटिएका थिए । यहाँका स्वास्थ्य संस्थाका ‘ओपिडी’मा भर्ना हुनेमध्ये पाँच प्रतिशत टाइफाइडका बिरामी हुने गरेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । दूषित पानी र खानेकुराबाट धेरै लाग्ने रोगमध्ये टाइफाइड दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ । ज्यानैसमेत जोखिममा पार्न सक्ने यसको सङ्क्रमण न्यूनीकरण र टाइफाइड लागिहाले पनि जटिलता कम गर्न सरकारले टाइफाइड खोपलाई नियमित खोप सेवामा राखेको हो ।

दुई वर्षअघि राष्ट्रिय खोप सल्लाहकार समितिले टाइफाइडविरुद्धको खोपलाई नियमित खोप सेवामा समावेश गर्न सरकारलाई सिफारिस गरेको थियो । सङ्क्रमित व्यक्तिको दिसाबाट दूषित भएको खाना र पानीबाट टाइफाइड रोग सर्ने बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो । खोपसँगै समुदायस्तरमा सरसफाइ र प्रवद्र्धनको अभियानलाई पनि सँगसँगै लानुपर्ने उहाँको भनाइ थियो । “टाइफाइड जनस्वास्थ्यका लागि समस्याकै रुपमा रहेको छ, खोपसँगै सरसफाइ र सचेतता अपनाउन सकियो भने यो रोग न्यूनीकरण भएर जान्छ”, जनस्वास्थ्य निरीक्षक खनालले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर प्रमाणित गरेको टाइफाइड खोपको प्रभावकारिता ९७ प्रतिशतसम्म रहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत दुई चरणमा यहाँका ७१ हजार ३६२ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
यही चैत २५ देखि ३० गतेसम्म बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकामा र वैशाख २ देखि ७ गतेसम्म ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न ३२० खोप केन्द्र तोकिएको छ । अभियानमा ३७० स्वास्थ्यकर्मी र एक हजार २८० स्वयंसेवक परिचालन हुने कार्यालयले जनाएको छ ।

विगतमा अन्य कुनै खोप लगाउँदा शरीरमा जटिल प्रतिक्रिया देखापरे कुनै खाना या वस्तुबाट कडा खाले एलर्जी देखिएमा र एड्सको लक्षणका व्यक्तिलाई भने टाइफाइडको खोप लगाउन नहुने कार्यालयले जनाएको छ । अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । म्यादे ज्वरोले समेत चिनिने टाइफाइडमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ ।

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.