डा. ज्ञान प्रसाद पोखरेल । विश्वमा सूचना प्रविधिले फड्को मारेसंँगै स्वास्थ्य क्षेत्रमा पनि प्रविधिले गति लिंदै गएको छ । जसका कारण सामान्य सर्जरीदेखि जटिल सर्जरीपनि नेपालमा हुन थालेका छन । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका साथै स्वास्थ्य संस्थाहरु पनि खुल्ने क्रम बढ्दो छ । नेपालका चिकित्सकहरुले पनि प्रविधिको माध्यमद्धारा सफल सर्जरी र शल्यक्रिया गरेका थुप्रै उदाहरण छन । पछिल्लो समय सर्जरीमा दुरबीनबाट गरिने सर्जरी बढी लोकप्रिय र सहज बन्दै गएको छ ।
नेपालका ठूला अस्पतालदेखि मध्यम स्तरका अस्पतालले पनि यो प्रविधि प्रयोग गर्न थालेका छन । ओपन सर्जरी भन्दा कैंयो गुना दुरबीनबाट गरिने प्रविधि बढी प्रभावकारी हुने गर्दछ ।
बिरामीको चाहना, पीडा तथा कम हानी, शल्यक्रिया गर्न सहज ,र घाउ पनि सानो हुने भएकोले पनि यो प्रविधि बढी प्रख्यात भएको हो । आवश्यक अनुसार विरामीहरुको पेटको समस्यामा , प्रसूति, मृगौला, क्यान्सर लगायतका सर्जरी गर्नका लागि दुरबीनबाट गरिने प्रविधि बढी लाभदायी हुंने गर्दछ ।
लेखक डा.ज्ञान प्रसाद पोखरेल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा भरतपुर सामुदायिक अस्पताल लिमिटेडमा वरिष्ठ क्यान्सर सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।
