डा.शंकर लौडारी । नेपालमा पनि मुटुरोगका बिरामी हरेक दिन थपिँदै गएका छन । एकातिर आधुनिक जीवनशैली, खानपानका कारण मुटुरोगी बढ्दै गएका छन भने अर्कातिर प्रविधिको विकासले पनि मुटुरोग बिरामीको पहिचान हुंँदै गएका छन । मुटु यति संवदनशील अंग हो जहांँ केही समय मात्र रगतको बहाब रोकियो भने मानिसको मृत्यु हुने गर्छ । प्रविधिको विकासले मुटु बाथ रोग र बच्चाहरुको मुटुमा हुने प्वाल जस्ता समस्या तुलनात्मक रुपमा बढी देखिदै गएको छ ।
तर सरकारी तहबाट जति मुटुरोगी बिरामीका लागि सहज पहुंँच पुर्याउनुपर्ने त्यो ज्यादै न्यून छ । मुटुरोग उपचारको लागि तुलनात्मक रुपमा नेपाल महंगो छ । आर्थिक र भौतिक दुरीका हिसाबले पनि यसको उपचार पाउन कठिन छ । योसंँगै मानिसमा मुटुरोगबारे पर्याप्त जानकारी र सचेतना पनि छैन । यस्ता संवेदनशील उपचारको लागि हरेक प्रदेशमा मुटु उपचार केन्द्र तथा हरेक जिल्लामा मुटुरोग अस्पतालको बिशेषज्ञ सेवा दिनुपर्ने अवस्था छ । तसर्थ हरेक नागरिकलाई यस्ता आकस्मिक उपचार निःशुल्क हुनुपर्ने सेवाग्राहीकोे भनाई छ ।
मुटुरोगीको संख्या दैनिकरुपमा बढ्नुको कारण के हो ? नेपालमा मुटुरोगको उपचार र प्रविधिको पछिल्लो अवस्था के छ ?, मुटुरोग न्यूनिकरणका लागि नीजि क्षेत्र र सरकारी क्षेत्रको दायित्व के छ ? खानपान र जीवनशैलीलाई कसरी अपनाउने लगायतका बिषयमा अब मुटु रोग विशेषज्ञ , सरोकार निकाय र सवै नागरिक समेत सजग र सचेतनामुलक कार्यक्रममा लाग्नु पर्ने आवश्यकता छ ।
लेखक डा शंकर लौडारी भरतपुरस्थित चितवन मुटु अस्पताल प्रा.लि. मा वरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ
