• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कर्णालीमा एक हजार बढी अपाङ्ग बालबालिकाको शल्यक्रिया

  •  शनिबार, पुष १३, २०८१ मा प्रकाशित

कर्णाली । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी) ले यहाँका एक हजार बढी अपाङ्गता भएका बालबालिकाको शल्यक्रिया गरेको छ ।

अस्पतालले स्थापनाको दुई वर्षयता १८ वर्ष मुनिका एक हजार दुई सय ४५ बालबालिकाको शल्यक्रिया गरेको हो । जन्मजात खुट्टा तथा पैतला बाङ्गो भएर असहज जीवन व्यहोरिरहेका ती बालबालिकालाई शल्यक्रियामार्फत सामान्य जीवनशैलीमा फर्काइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिनुभयो ।

“दुई सय ७६ जनालाई सहायक सामग्री नाप्जाम तथा वितरण र प्रदेशका विभिन्न कार्यालय, समुदाय तथा विद्यालयमा पुगेर करिब पाँच हजार दुई सयभन्दा बढीलाई यसबारे अभिमुखीकरण दिइएको छ”, उहाँले भन्नुभयो, “मङ्गलबार मात्र ५५ बालबालिकाको पहिचान तथा उपचार हुँदा १० बालबालिकालाई शल्यक्रियाका लागि हालै अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र काभ्रे बनेपामा भर्ना लागि सिफारिस गरिएको छ ।

पाँच बालबालिकालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएको जनाइएको छ ।” कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिकाको सुर्खेतमै शल्यक्रिया हुन थालेपछि अहिले अस्पतालमा आउने सेवाग्रहीको सङ्ख्या दैनिक रुपमा वृद्धि हुँदै गएको उहाँले जनाउनुभयो । कार्यालय प्रमुख केसीका अनुसार कर्णाली प्रदेशमा उपचारात्मक अवस्थाका अझै १० हजारभन्दा बढी अपाङ्गता भएका बालबालिकाहरु छन् । यसमा सबैभन्दा बढी बालबालिका जाजरकोटमा छन् ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले सुर्खेतले फिजियोथेरापी सामग्री तथा उपकरणका साथै सहायक सामग्री पनि राखेको छ । विकट भूगोल, अशिक्षा, गरिबी, कुपोषित आमा र असहज वातावरणले कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिका सबै राज्यको पहुँचमा नहुँदा पुनःस्थापन केन्द्रले ठूलो राहत पु¥याएको वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका वडाध्यक्ष दिनेश खत्रीले बताउनुभयो ।

“अपाङ्गताका कारण समाजबाट हेपिएका, नैराश्य जीवन व्यतित गरिरहेका र उपचारको अभावमा पिल्सिएका बिरामी तथा परिवारका लागि अपाङ्ग बाल अस्पताल वीरेन्द्रनगर–१ सुर्खेत ठूलो सहयोगी बनेको छ”, वडाध्यक्ष खत्रीले भन्नुभयो, “पुनःस्थापन केन्द्रको कार्य, यसले राखेको लक्ष्य र लिएको उद्देश्य परिपूर्ति गर्न वडासहित स्थानीय सरकार आवश्यक सहयोग गर्न लागिपर्छ ।”

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश कार्यालय स्थापनाले यहाँका १८ वर्ष मुनिका बालबालिकालाई ठूलो राहत गरेको प्रतिक्रिया दिनुभयो । नागरिक सेवा र समाज कल्याणमा राज्यले गर्न नसकेका काम गर्ने सामाजिक संस्थालाई सरकारले विशेष सहयोग गर्नुपर्ने प्रमुख सुनारको भनाइ छ ।

सामुदायमा आधारित पुनर्वास (सिविआर) का संयोजक नित्रबहादुर देउजाले अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशले विभिन्नि जिल्लाका एक हजार आठ सय ५५ जनालाई मोबाइल क्याम्पमार्फत स्क्रिनिङ गरिएको बताउनुभयो । उहाँका अनुसार अपाङ्गता भएका बालबालिकाको उपचार सामग्रीसहित उनीहरुको पुनःस्थापनमा सिबिएम ग्लोबलको ठूलो सहयोग रहेको छ ।

अपाङ्ग बाल अस्पताल, राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेश, सिएमसी नेपाल सिबिएम ग्लोबल नेपालको संयुक्त साझेदारीमा भूकम्पपश्चात् जाजरकोटको भेरी तथा नलगाड नगरपालिका, बारेकोट र कुसे गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका तथा आठबीसकोट नगरपालिकामा मोबाइल क्याम्प गरी पाँच हजार ६७ जनालाई उपचार सेवा र त्यसमध्ये एक सय १८ जनालाई शल्यक्रियाको लागि अपाङ्ग बाल अस्पतालमा सिफारिस गरिएको संयोजक देउजाले जनाउनुभयो ।

उहाँले प्रदेश कार्यालय स्थापना भएयता पाँच सय ८७ जनालाई सहायक सामग्री नापजाप तथा वितरण गरिएको बताउनुभयो । संयोजक देउजाका अनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले अहिलेसम्म देशैभरि एक लाख २१ हजार एक सय ९१ बालबालिकाको उपचार गरिएको छ भने अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र कर्णाली प्रदेश सुर्खेतको सेवा विस्तारका लागि सिबिएम ग्लोबल नेपालले करिब रु २२ लाख बराबरको सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रतिनिधि जीतलाल ढकालले अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गर्ने पुनःस्थापन केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताउनुभयो । उक्त अस्पतालको कार्य विस्तारले अब यहाँका अपाङ्गता भएका बालबालिकाले उपचार अभाव व्यहोर्न नपर्ने उहाँको भनाइ छ ।

भौगोलिक विकटता, गरिबी र कुपोषणको समस्याका कारण उपचारको पहुँचमा नरहेका अपाङ्गता भएका बालबालिकाको पहिचान, उनीहरुको सहज पहुँच र उपचार तथा अपाङ्गता शिक्षा विस्तार एवं कार्ययोजनाका लागि आगामी दिनमा कसरी जाने भन्ने विषयमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र, राष्ट्रिय अपाङ्ग महासंघ, सिबिआर ग्लोबल, आइएनएफ, सिएमसी, सोसेक, नेपाल, रेडक्रस तथा आँखा अस्पताल, एभरेष्ट क्लबलगायतका साझेदार संस्थाहरुले शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा कार्यशाला गोष्ठी सम्पन्न गरेका छन् । रासस

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.