क्यान्सर भन्ने बित्तिकै जो सुकै मानिसलाइ पनि एकपटक झस्काईहाल्छ । यो प्राणघातक र जटिल रोग हो भन्ने कुराले हरेक मानिसको मनमा जरा गाडेकै हुन्छ । क्यान्सर रोगको बारेमा बुझ्नुपर्दा सबैभन्दा पहिले कस्तो प्रकारको क्यान्सर हो र कुन अंगमा लागेको छ र कुन स्टेपको क्यान्सर हो त्यो बुझ्नु अनिवार्य हुन्छ । किनकी अंगमा लागेको क्यान्सरले भन्दा मनमा लागेको क्यान्सरले मानिसलाई मृत्युको नजिक पुर्याईरहेको हुन्छ । कतिपय बिरामी आफूलाई क्यान्सर लाग्ने म चाडैं मर्छु होला, बांँच्दिन होला भनेर हरेश खाएको पाउंँछौ । यसले बिरामीलाई थप जटिल बनाउंँदै लग्दछ ।
नेपालमा चिकित्सकले केही हप्ता, केही महिना मात्र बांँच्छन भनेका क्यान्सरका बिरामी दशकौ बांँचेका प्रशस्त उदाहरण छन । यो सबै सफल हुनु भनेको क्यान्सरको पहिचान, नियमित उपचार र आत्मविश्वासनै हो । पहिले पहिलेका बर्षहरु जस्तो क्यान्सर हुने वित्तिकै आत्तिनु पर्ने अवस्था अहिले छैन । सूचनाप्रविधिको विकाससंँगै स्वास्थ्य क्षेत्रमा पनि नवीनतम प्रविधि भित्रीसकेको छ भने हालैमात्र पनि रुसले क्यान्सर विरुद्धको भ्याक्सिन आविस्कार गरिसकेको अवस्था छ ।
नेपालमा क्यान्सर रोग सम्बन्धि अलग्गै अस्पताल, दक्षजनशक्तिहरु उत्पादन भईरहेका छन । नेपालमै पनि जटिल भन्दा जटिल क्यान्सरको उपचार भईरहेका छन । यसले गर्दा एकातिर बिरामीको विदेशमा हुने महंगो उपचार र फजुल खर्च बच्छ भने अर्कातिर देशबाट बाहिर जाने पैसा नेपालमै रहन्छ । अहिलेको अवस्थामा नेपालमा क्यान्सरको के कस्ता प्रविधि भित्रिएको छ ? कस्ता कस्ता क्यान्सर रोगका उपचार सम्भव भएका छन ? नेपाल र बाह्य देशमा गरिने उपचार विधि के फरक छ ? लगायतका विषयमा केन्द्रित रहेर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली हरिसिद्धिका कार्यकारी अध्यक्ष वरिष्ठ क्यान्सर रोग विषेशज्ञ डा. सुदिप श्रेष्ठसंँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियो लिंकमा उपलब्ध छ ।
