• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाई हुंँदै

  •  बुधबार, पुष १७, २०८१ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गत रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन शुरु हुन लागेको छ । पढाईका लागि आवश्यक सबै तयारी पुरा हुने अवस्थामा पुगेको पनि प्रतिष्ठानले जनाएको छ ।

एमबिबिएस अध्ययन अध्यापन शुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याब सञ्चालन तथा विभिन्न फ्याकल्टीका लागि जनशक्ति व्यवस्थापन तथा चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थी भर्ना कार्य सम्पन्न भइसकेको प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले जानकारी दिनु भएको हो ।

मधेश प्रदेशमा सरकारीस्तरमा एमबिबिएसको पठनपाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । उपकुलपति डा. साह चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको रकम भुक्तान गरी एमबिबिएस पढ्न चाहनेहरूका लागि भने आगामी पुस २४ गतेसम्म नामाङ्कन हुने जानकारी दिनु भयो ।

प्रतिष्ठानमा अहिले स्नातकतर्फ नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा चिकित्साशास्त्रको स्नातकोत्तरतर्फ चार विषयमा पठनपाठन हुँदै आएको छ । चिकित्साशास्त्रमा महँगो र लामो अवधिको पढाइ एमबिबिएस भने यसै शैक्षिक सत्रबाट शुरु गरिन लागेको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबिबिएस अध्ययन गराउन स्रोत सुनिश्चित गर्ने निर्णयपछि यसका लागि गत साउन महिनाबाट भौतिक पूर्वाधार, उपकरण, अस्पतालको सेवा विस्तार तथा गुणस्तर वृद्धि, जनशक्ति व्यवस्थापन कार्ययोजनालगायतका कार्य कार्यान्वयन गरिएको थियो ।

त्यसलगत्तै एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको थियो । चिकित्सा शिक्षा आयोगले भने गत भदौमा ५० विद्यार्थीको कोटा दिँदै एमबिबिएस कक्षा सञ्चालन गर्न प्रतिष्ठानलाई स्वीकृति दिएको थियो ।

प्रतिष्ठानका उपकुलपति डा.साहले एमबिबिएस पठनपाठनका लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षाकोठा, छात्रावास आदिको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले क्लिनिकल अध्ययनका लागि पहिले देखिकै पूर्वाधारको स्तरोन्नति गरिएको र आधारभूत चिकित्सा विज्ञान अन्तर्गत एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिनलगायत विषय अध्यापन गराउन जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिनु भयो ।

जनकपुरधाम स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पठनपाठन सुरु भएपछि चिकित्सा सेवामा सुधार, चिकित्सकको वृत्तिविकासमा टेवा, चिकित्साशास्त्रको अध्ययन अनुसन्धानमा तीव्रता हुनुका साथै जनकपुरधामको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

बुधबार, पुष १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.