• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पकहाँ मैनपुर सीमा क्षेत्रमा सशस्त्रद्वारा स्वास्थ्य शिविर

  •  शनिबार, पुष २०, २०८१ मा प्रकाशित

वीरगञ्ज (पर्सा) । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट भारतसँग सीमा जोडिएको पकहाँ मैनपुरका गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका छन् ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्साले आज भारतसँग सीमा जोडिएको रामचरित्र भगवत माध्यमिक विद्यालयमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ लिएका हुन् ।

पकहाँ मैनपुर–३ मैनपुरका ७५ वर्षीय शिव राउतले सशस्त्र प्रहरीले सञ्चालन गरेको शिविरमा हाडजोर्नीको उपचार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “सधैँ सीमामा सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीद्वारा सञ्चालित शिविरमा उपचार सेवा पाएपछि सहज भएको छ,” उहाँले भन्नुभयो, “घरदैलोमा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक, महलिा, अपाङ्गता भएकालाई सहज हुन्छ ।”

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल फिजिसियन र आँखाको जाँच गरिएको थियो । फिजिसियन डा रविशंकर साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा अरविन्द साह, नेत्र अधिकृत महेशसिंह धामीसहित सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले सेवा उपलब्ध गराउनुभएको थियो ।

सशस्त्र प्रहरी बल नं १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा रहेका स्थानीयसँग सम्बन्ध विस्तार गर्न, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको बताउनुभयो । “बर्दी लगाएर प्रहरी भएका छौँ । सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जनता बर्दीबिनाका प्रहरी हुन् । सीमा रक्षकका रूपमा उहाँहरूले पनि काम गर्दै आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा भएका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरेका हौँ ।”

स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउण्डेसन एण्ड क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । गणपति धिमालले सशस्त्र प्रहरी बलले सीमा रक्षाको साथसाथै जनताको स्वास्थ्यका लागि ध्यान दिँदै आइरहेको बताउनुभयो ।

“सशस्त्र प्रहरीले सीमा सुरक्षा मात्रै नभएर स्थानीय जनताको आधारभूत आवश्यकतालाई पनि सकेसम्म सम्बोधन गर्नेतर्फ ध्यान दिँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा सीमा क्षेत्रमा बसोबास गर्ने जनतासँग सहकार्य र हातमालो गर्दै अघि बढ्ने छौँ ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर जनतासँग जोडिएकामा सशस्त्रको प्रशंसा गर्नुभयो । “सीमा रक्षाको लागि खटिने सशस्त्रले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यका लागि शिविर सञ्चालन गर्नु प्रशंसायोग्य काम हो,” उहाँले भन्नुभयो, “पर्सामा शितलहरले अत्यधिक चिसो बढीरहेकाले जनतालाई चिसोबाट जोगाउन निःशुल्क दाउरा र लत्ताकपडा वितरण कार्यक्रमलाई ध्यान दिन पालिकालाई अनुरोध गरेका छौँ ।”

शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा जाँच गर्नुका साथै स्वास्थ्य शिविरमार्फत जनतालाई सकारात्मक सन्देश दिने काम गरेको बताउनुभयो । “धेरै सर्वसाधारणलाई सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्छ भन्ने भाष्य भइरहेको बेला स्वास्थ्य शिविर कार्यक्रम राखेर उदाहरण प्रस्तुत गरेका छौँ”, उहाँले भन्नुभयो ।

पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले सशस्त्र प्रहरीले स्वास्थ्य शिविरबाट पालिकाका जनताले घरदैलोमा सेवा पाएका बताउनुभयो । “कतिपय ज्येष्ठ नागरिक विभिन्न कारणले स्वास्थ्य संस्थासम्म उपचार गर्न सकिरहनुभएको थिएन्”, उहाँले भन्नुभयो, “घरदैलोमा शिविर सञ्चालन हुँदा सर्वसाधारण लाभान्वित हुनुभएको छ ।” रासस

शनिबार, पुष २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.