विराटनगर । विशेषगरी नेपालमा सरकारी अस्पतालहरुको सेवा सस्तो भय संगै गुणस्तर र पूर्वाधारमा समेत विकास निरन्तर नै भइरहेको देखिन्छ ।
सरकारी अस्पतालको सेवा सस्तो भयपनि अधिकांश बिरामी सन्तुष्ट भने हुंँदैनन । सरकारी अस्पतालले सिमित श्रोतसाधन, उपकरण, कमजनशक्ति कमजोर पूर्वाधारका कारण भनेजस्तो सेवा दिन सकिरहेका हुंँदैनन ।
तर यसबीचमा पनि अस्पतालका प्रमुखहरुको इक्ष्छाशक्ति र भिजन छ भने सिमित श्रोतसाधनबाट पनि अस्पतालको सुधार हुन सक्छ भन्ने बलियो उदाहरण बन्ने आशामा छ कोशी अस्पताल,विराटनगर ।
पूर्वी नेपालको पुरानो साथै कोशी प्रदेशको ठूलो अस्पतालको रुपमा परिचित कोशी अस्पताल राजनीतिक चेपुवाबाट अछुतो रहन सकेको अवस्था भने देखिंदैन । यस अस्पतालमा हाल विभिन्न रोगका विषेशज्ञ सेवा,रेडियोलोजी सेवा,प्याथोलोजी सेवा लगायत बिभिन्न खाले सेवाहरु बिरामीहरुको लागि प्रदान गरिँदै आइएको मेसु डा.रुना झाले जानकारी दिनुभयो। यस अस्पतालको सेवा लिन पूर्वी नेपाल,तराई क्षेत्र संगै मित्र राष्ट्र भारतबाट समेत बिरामीहरु सेवा लिन आउने गर्दछन्।
हाल मेडिकल सुपरिटेण्ड डा.रुना झाको नियुक्ति संँगै अस्पतालको भौतिक पूर्वाधार,बिशिष्टिकृत सेवा लगायत दक्ष जनशक्तिको व्यवस्थापन संँगै अस्पताल थप सुधारको बाटोमा जाने विश्वास गरिएको छ । अस्पतालको व्यवस्थापन तथा गुणस्तरीय सेवा दिएसंँगै बिरामीको आकर्षण समेत बढ्दै गएको छ । तर कहिलेकांँही,दक्ष जनशक्तिको अभाव,सरकारी नीति,कमर्चारीहरूको काम गर्ने तौल
तरिका र मेशिनहरु बिग्रने गरेका कारण सेवा प्रवाहमा अवरोध हुने गर्दछ । यस्तै स्वास्थ्य विमाका सफ्टवेयर समस्याका कारण पनि सेवा प्रवाहमा समस्या हुन्छ ।
तर निरन्तर कोशिश र राम्रो व्यवस्थापनले गर्दा अस्पतालको सेवा प्रवाहमा सुधार हुंँदै गएको बताउनु हुन्छ,अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रुना झा । अस्पतालमा के के सेवा र पूर्वाधारमा सुधार भएका छन ? अस्पतालको पहिले र अहिलेको अवस्था के छ ? अस्पतालका समस्या र चुनौति के के छन ? भन्ने बिषयमा केन्द्रित रहेर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.झा संँग “स्वास्थ्य दर्पण” टिमले कुराकानी गरेको छ । विस्तृत जानकारी तलको भिडियो लिंकमा हेर्न र सुन्न सक्नुहुनेछ ।
