• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ५ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

चिकित्सक अभावले उपचार प्रभावित

  •  बिहिबार, पुष २५, २०८१ मा प्रकाशित

गलकोट (बागलुङ)। जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।

पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् ।

केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।

पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोचिकित्सक डा मानकाजी थापा भदौमा सङ्घीय सरकारअन्तर्गतको विभागमा सिफारिस भएपछि अस्पतालमा मनोचिकित्सकको पद खाली छ ।

अस्पतालले विशिष्टकृत सेवाका रूपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता मात्रै कार्यरत रहनुभएको अस्पतालका मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मनोचिकित्सक राजेन्द्र घिमिरे गएपछि एक महिना खाली भएको विभाग थापाको नेतृत्वमा सञ्चालनमा आएको थियो । गत भदौमा थापा पनि अन्यत्र सिफारिस भएपछि उक्त विभागमा चिकित्सकको अभाव भएको हो ।

गरिबी, सामाजिक, सांस्कृतिक लैङ्गिक विभेद, विलाशी जीवनशैली, आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाइको दबाब, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई समय नदिनु, मानसिक तनाव, महत्वाकाङ्क्षी, मोबाइलको बढ्दो प्रयोगलगायत कारणले पछिल्लो समय मनोरोगका बिरामीको सङ्ख्या बढेको जिल्लास्थित जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । मनोरोगको परिणाम आत्महत्यासम्मको जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालमा मनोचिकित्सकको दरबन्दी नभएकाले समस्या भएको अस्पतालका मेडिकल रेकर्डर शर्माले बताउनुभयो । उहाँले मनोचिकित्सकको दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा समन्वय भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको मनोरोग विभागमा अहिले मनोपरामर्शदाताका रूपमा आशा थापा कार्यरत रहनुभएको छ । चिकित्सक नहुँदा औषधि दिनुपर्ने मनोरोगी, एन्जाइटीलगायत बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता रहेको थापाले बताउनुभयो ।

बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पछिल्लो समय जिल्लामा मनोरोगका काराण अत्महत्याको दर बढेको बताउनुभयो । “मनोरोगका कारण आत्महत्यासम्मको अवस्थामा पुग्ने देखियो, साना बालबालिकालाई मोबाइल नदिने, अविभावकको निगरानीमा राख्न आवश्यक छ”, उहाँले भन्नुभयो, “अहिले आत्महत्याको सङ्ख्याभन्दा निरुपणमा जान आवश्यक छ, स्थानीय तहमा मनोपरामर्श कक्षा चलाउन आवश्यक छ ।”

पछिल्लो तीन वर्षयता बागलुङ नगरपालिकामा मात्रै ४२ जनाले आत्महत्या गरेका छन् । सामाजिक विभेद, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले एकोहोरोपना बढ्ने, डिप्रेशनमा जाने, अन्तत मनोरोगी भएर आत्महत्याको बाटो रोज्ने गरिेका पाइएको खनालले बताउनुभयो ।

बागलुङमा एक वर्षमा ६० जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जिल्लामा हुने विभिन्न घटनामध्ये आत्महत्याको ‘ग्राफ’ बर्सेनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । मनोरोग, उदासिनता, दुव्र्यसन, पारिवारिक समस्या, मायाप्रेम तथा वैदेशिक रोजगारीबाट उत्पन्न समस्यालगायता कारण आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

झुण्डिएर, विष सेवन, हाम फालेर आत्महत्या गर्ने बढी रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ जनाले आत्महत्या गरेकामा झुण्डिएर ३४, हाम फालेर दुई र विष सेवन एक जना रहेका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा ४५, गत आवमा ६० जनाले आत्महत्या गरेका छन् ।

प्रहरी निरीक्षक पौडेलले आत्महत्याको विषयमा जनचेतना फैलाउने, स्थानीय तहअन्तर्गत स्वास्थ्य संस्थाले मनोपरामर्श दिने, विभिन्न सङ्घ संस्थाले आत्महत्या रोक्न अभियान सञ्चालन गरिरहे पनि आत्महत्या गर्नेको सङ्ख्या भने बढ्दै गएको बताउनुभयो । उहाँले पछिल्लो तीन वर्षको तथ्याङ्कका आधारमा आत्महत्या गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । रासस

बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.