दम भन्ने शब्द हामीले बारम्बार सुनिरहने शब्द हो । र दमको कारण मृत्यु भएका समाचारहरु पनि पढे, सुनेका पनि छौं । खास दम भनेको के हो यसको बारेमा बुझ्नु पर्छ ।दमरोग या आस्थमा रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगले श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुनिने पनि गर्दछ । जसले गर्दा े फोक्सोमा हावा जान कठिनाइ हुन्छ । छोटो रुपमा भन्ने हो दम रोगीलाई श्वास प्रश्वास गर्न अप्ठ्यारो हुने समस्यालाई नै दम भनिन्छ ।
दम विभिन्न कारणले हुने गर्दछ । खासगरी यो रोग बढ्नुको सबैभन्दा प्रमुख कारण वायु प्रदूषण हो । धुलो, धुवाँका श्वासप्रश्वास रोगलाई बढवा दिइरहेको हुन्छ । यस्तै गाउँमा अधिकांशले दाउरामा खाना पकाउने गरिन्छ । यसबाट निस्कने धुंँवाबाट पनि दम रोग हुने गर्छ । अर्को प्रमुख कारण चुरोट, बिंडी सेवन गर्नाले पनि दमरोग हुने गर्दछ र दमरोगीलाई चिसोको मौसममा पनि थप श्वासप्रश्वासमा समस्या पर्दछ । कतिपयमा वंशाणुगत बाट पनि यो रोगको शिकार हुने गर्दछ । यो रोगबाट बच्न धुंँवा धुलो, चिसो, तथा कुनै एलर्र्जी हुने केमिकलबाट टाढा रहनुपर्दछ ।
यो दमरोग लाग्ने लक्षण, समस्या, दमरोग लाग्ने कारण लगायत उपचार पद्धतिका बारेमा केन्द्रित रहेर वरिष्ठ छाती रोग विशेषज्ञ डा.अस्मितानन्द ठाकुर संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियो लिंकमा उपलब्ध छ ।
