• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

कर्णाली प्रतिष्ठानमा डायलासिस सेवा सुरु नहुँदा नागरिकलाई सास्ती

  •  सोमबार, पुष २९, २०८१ मा प्रकाशित

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उद्घाटन भएको एकवर्ष बढी समय बितिसक्दा पनि डायलासिस सेवा सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकारले ६ वटा उपकरण उपलब्ध गराएर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेको एक वर्षभन्दा बढी भईसक्दा पनि डायलासिस सेवा नियमित सञ्चालन हुन सकेको छैन ।

तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतले २०८० साल भदौ १४ गतेका दिन डायलासिस सेवा सुरु गरेका हुन् । जुम्लामा डायलासिस सेवा शुभारम्भ भएको एक वर्ष ४ महिना बित्यो । तर एकातिर उपकरण थन्किएका छन् । भने अर्कोतिर नागरिकले सास्ती पाएका छन् ।

डायलासिस सेवा सञ्चालनमा नआउँदा कर्णालीवासीले महँगो खर्च गरेर काठमाडौँ नेपालगन्ज जानु पर्ने बाध्यता हटेको छैन । जुम्लामा डायलासिस सेवा शुभारम्भ सँगै मृगौला सम्बन्धी बिरामीले डायलासिस सेवाका लागि काठमाडौँ, नेपालगन्ज धाएर महँगो खर्च गर्नु नपर्ने भन्दै खुसीयाली छाएको थियो। तर डायलासिस उद्घाटनको एक वर्ष ४ महिना पुग्दा समेत सेवा सुरु नहुँदा नागरिकले सास्ती पाएका छन् ।

उपकरण ल्याएर मन्त्रीको उपस्थितिमा शुभारम्भ गरिएको डायलासिस सेवाले दुर्गम कर्णालीका नागरिकले सेवा पाउने आशा गरिएपनि सेवा सञ्चालनमा नआउँदा स्थानीयले वर्षौँदेखि सास्ती खेपिरहेका छन् । प्रतिष्ठानकै चिकित्सकका अनुसार वर्षमा २०/२५ जना डायलासिसका बिरामी जिल्लाबाहिर पठाउने गरिएको छ । तर प्रतिष्ठानमा डायलासिस उपकरण थन्किएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नहुँदा डोल्पा मुड्केचुलाका गाउँपालिका वडा नं.७ निवासी ४० वर्षीय धर्म विकको प्रतिष्ठानमै मुत्यु भएको छ ।

एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला पुर्‍याइएको थियो । केही दिन उपचारपछि तत्काल उनलाई थप उपचार (डायलासिस) गर्नु पर्ने डाक्टरले सल्लाह दिएपनि जुम्लामा उक्त सेवा सञ्चालन नभएको बाहिर लिन ढिला भएपछि मृत्यु भएको हो

मृगौलाका बिरामीलाई १/२ हप्ता सम्म डायलासिस गर्नु पर्ने त्यसपछि मात्रै मृगौला प्रत्यारोपण गर्नुपर्छ । जुम्लामा डायलासिस नहुने भएपछि रेफर गरेका थियौ । बिरामीलाई डायलासिसकै आवश्यकता थियो । उक्त सेवा समयमै नपाउँदा मृत्यु भएको प्रतिष्ठानका एक चिकित्सकले बताउनुभयो ।

जुम्लामा डायलासिस सेवा नपाएपछि अस्पतालले २६ गते रेफर गरेपनि २७ गते बिहान ८ बजेतिर मृत्यु भएको मृतक धर्मका दाइ टाउके विकले बताउनुभयो । उहाँले भन्नुभयो,‘जुम्लामा डायलासिस सेवा सञ्चालन हुन नसकेको कुरा बल्ला थाहा पाए । डोल्पाबाट जुम्ला ल्याउनै १५/२० हजार खर्च भयो । उपचारमा पनि त्यतिकै रुपैयाँ खर्च भयो । हामीले उपचार पाउन सकेनौ । तर अरू बिरामीले त्यो नियति भोग्नु नपरोस् । छिटै सञ्चालनमा ल्याउन पहल गरिनु पर्छ ।’

डायलासिस सेवा सञ्चालनको तयारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डायलासिस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । पुरानो मेसिनले काम नगरेपछि नयाँ मेसिन ल्याएर डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको हो ।

डायलासिस सेवा शुभारम्भ गर्दा सङ्घीय सरकारले ६ मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएको छ । जसमध्य महत्वपूर्ण उपकरण हो (आरो) मेसिन । आरो मेसिनले डायलासिसका लागि (डिस्टिलरी वाटर) शुद्ध पानी निकाल्छ ।

तर पुरानो आरो मेसिनले निकालेको पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा रोकिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताउनुभयो । डायलासिस सेवाका लागि आरो मेसिन मेरुदण्ड सरह हो । आरो मेसिनले स्पेशन पानी ननिकाले सम्म डायलासिस सेवा सञ्चालन हुन सक्दैन ।

उहाँले भन्नुभयो,‘प्रतिष्ठानमा भएको पुरानो आरो मेसिनले चित्त बुझ्दो पानी निकाल्न सकेन् । ३/४ पटक परिक्षण गर्दा पनि स्पेसल पानी ननिस्किएपछि सेवा रोकिएको थियो । अहिले नयाँ मेसिन खरिद गरेर ल्याउने तयारी छ । आशा गरौँ चाडै डायलासिस सेवा सञ्चालन हुने छ ।’

प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले पुरानो आरो मेसिनले २/३ पटक परिक्षण गर्दा पनि नतिजा राम्रो आउँदा सेवा सञ्चालन हुन नसकेको बताउनुभयो । नयाँ मेसिन खरिद भएर आउँदै छ । उहाँले भन्नुभयो,‘मेसिन ३/४ दिनपछि जुम्ला पुग्छ । ८ देखि १० लाख लागतको मेसिन आउँदै छ । त्यसले प्रतिघण्टा १ हजार लिटर पानी निकाल्छ । आरो मेसिनले निकालेको पानी २४ घण्टा भित्र काठमाडौँ लिएर ल्याबमा परिक्षण गर्नु पर्छ । परिक्षण सफल भएको खण्डमा मात्रै जुम्लामा डायलासिस सेवा सुरु हुने छ ।’

प्रतिष्ठानका सबै सेवालाई थप प्रभावकारी बनाउन लागि परेका छौ । केही सेवाहरू प्रक्रियाहरूकै कारण ढिलाई हुन पुगेपनि प्रभावकारी सेवा प्रवाहमा प्रतिष्ठान गम्भीर रहेको रजिष्टार महतको भनाई छ ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.