प्राय : स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु शहरमै केन्द्रित हुन्छन । शहरमा अन्य सेवा सुविधाको पहुंँच र मानिसहरुको बाक्लो उपस्थिति हुने भएको कारण पनि अस्पताल, क्लिनिक , स्वास्थ्य संस्था , फार्मेसी जस्ता सेवाहरु पनि शहर तथा बजारहरुमा बढी भएको पाउंँछौं । शहरमा मानिसहरुको जनसंख्या बढी र गाउंँक्षेत्रबाट पनि मानिसहरु शहरमा बस्ने र आउने भएकोले पनि यस्ता स्वास्थ्य सेवाहरु शहर केन्द्रित भएका हुन । तर सूचनाप्रविधिले मारेको फड्को संगै र विश्वव्यापीकरण भएसंँगै शहर केन्द्रित सेवाहरु विस्तारै गाउंँतिर विकेन्द्रित र विस्तारित हुंँदै गएका छन ।
अब हरेक व्यवसायलाई शहर बजार र सुगमस्थान मात्र केन्द्रित हुनुहुंँदैन भन्ने मान्यतामा पनि परिवर्तन हुंँदै आएको छ । त्यस्तै नेपालको परिप्रेक्ष्यमा हरेक क्षेत्रका युवाहरु अध्ययन र रोजगारको शिलिशिलामा विदेश गईरहेको बेला केही त्यस्ता युवाहरु पनि समाजमा भेटिन्छन जसले विदेशमा राम्रो कमाई र सुविधा हुंँदा हुंँदै पनि स्वदेशमै सुन फलाउन सकिन्छ भनेर मेहनत गरिरहेका हुन्छन । जसले विदेशमा भन्दा स्वदेशमा, शहर भन्दा गाउंँमा संभावना र भविष्य देख्छन । समयको माग र आवश्यकता अनुसार सेवा र बस्तुको वितरण समानुपातिक रुपमा पनि हुनुपर्दछ ।
यस्तै संभावना र भविष्यको खोजी गर्दै रत्ननगर स्थित बैरियामा सेवाभाव र आफ्नो भविष्य खोज्दै अंकुरम पोलिक्लिनिक सञ्चालन गरेर एक उदाहरणीय र प्रेरणाको पात्र बन्नु भएको छ सञ्चालिका अञ्जना जोशी । गाउंँका मानिसहरुलाई स्वास्थ्य सेवा लिन शहर बजार धाउन र थप दुःख नपाउन भन्ने हेतुले घरमै स्वास्थ्य सेवा पुर्याउने उद्धेश्य सहित स्वास्थ्य परिक्षण, प्याथोलोजी सेवा , फलोअप, ड्रेसिङ्ग , औषधिका साथै उचित परामर्श सम्मका सुविधा दिंँदै आएको अंकुरम पोलिक्लिनिका संचालिका जोशी संँग यसको सेवा सुविधा एवं उद्धेश्य र योजना लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
