चीन अन्तरराष्ट्रिय स्तरमा धेरै क्षेत्रमा अगाडि छ । आर्थिक विकास संँगै चीनले स्वास्थ्य क्षेत्रमा पनि धेरैनै फड्को मारिसकेको छ । चीनमा हरेक उत्पादन हरु पनि ठूलो मात्रामा विश्वभर निर्यात हुने भएको हुनाले पनि चीन विश्वमै उत्कृष्ट सूचीमा छ । चीनले सूचना प्रविधि, मेकानिकल, औद्योगिक उत्पादन तथा आविस्कार संँगै स्वास्थ्य क्षेत्रमा पनि ठूलो प्रगति गरेको छ । चाहे स्वास्थ्य परीक्षणका क्षेत्रमा होस या औषधि उत्पादनमा होस नयांँ प्रविधि अबलम्बन गर्दै गएको छ । तर हाम्रो छिमेकी देश त्यति धेरै विकसित हुंँदा हुदै पनि हामी धेरै क्षेत्रमा पछाडि परेका छौं । यसको कारण हो , देशमा राम्रो नीतिहरु निर्माण नहुनु भएपनि कार्यान्वयन नहुनु र नेता र व्युरोक्र्याटसंँग स्पष्ट भिजन र ईच्छाशक्ति नहुनुु ।
त्यसैले त्यस्ता देशहरुसंँग नेपालले ज्ञान तथा प्रविधि आदानप्रदान गरेर र जिटुजी सम्झौता गरेर पनि हरेक क्षेत्र सुधार्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा पनि चीनले गरेका अभ्यासहरुलाई सिकेर, सिकाएर त्यहांँका प्रविधिलाई भित्र्याएर सुधार्न सक्छ । चीनको स्वास्थ्य क्षेत्रको विकासको अवलोकन अध्ययन गर्ने क्रममा चितवनका वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी सहितको टोलीले चीनको विभिन्न प्रान्तमा विभिन्न स्वास्थ्य संस्था , औद्योगिक क्षेत्र तथा विषयविज्ञसंँग अन्तरक्रिया छलफल गरेको थियो । उक्त अवलोकन पश्चात डां अधिकारीले पाउनु भएको अनुभव, ज्ञानबाट नेपाललाई पनि कसरी स्वास्थ्य क्षेत्रको पहुंँच पुर्याउन र बलियो बनाउन सकिन्छ भन्ने बिषयमा कुराकानी गरेका छौं । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
