• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न

  •  शनिबार, माघ ०५, २०८१ मा प्रकाशित

कञ्चनपुर । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने भनाइलाई शुक्लाफाँटा नगरपालिका–१० झलारीका २९ वर्षीय भागिराम चौधरीले जीवनमा चरितार्थ गर्नुभएको छ । पक्षघात जस्तो जटिल रोगसँग लड्दै उहाँ यतिबेला विद्युतीय मेसिन र उपकरण मर्मतसम्बन्धी पसल सञ्चालन गरी परिवारको खर्च सहज रुपमा जुटाउँदै आउनुभएको छ ।

एक दशकदेखि काम गरिरहनुभएका चौधरीले यही कामबाट मासिक औसतमा रु ४० हजार आम्दानी भइरहेको सुनाउनुभयो । मुक्तकमैया परिवारका सदस्य चौधरीले दातृ निकायको सहयोगमा मेसिन–उपकरण मर्मतसम्बन्धी तालिम लिएपछि पसल सुरु गर्नुभएको हो ।

“केही महिना जागिर गरे, मेसिन–उपकरण मर्मतमा दक्ष बनेपछि केही पैसा लगानी गरी आफ्नै पसल सुरु गरेको हुँ, अहिले अरुसँग सहयोग माग्नु परेको छैन”, उहाँले भन्नुभयो । परिवारको सबै खर्च पसलको कमाइले धानिँदै आएको चौधरीले बताउनुभयो । सुरुमा रु पाँच हजार लगानी गरी पसल सञ्चालन गर्नुभएका चौधरीको पसलमा अहिलेसम्म रु पाँच लाख लगानी भइसकेको छ ।

पसलको कमाइबाटै चौधरीले पक्की घर बनाउनुभएको छ । “घुँडा मुनिको भाग नचल्ने भएकाले ह्वीलचेयरमा हिँडडुल गर्नुपर्ने अवस्था थियो”, चौधरी भन्नुहुन्छ, “ग्राहकको घरसम्म जानु पर्दा निकै असहज हुन्थ्यो, अहिले रु दुई लाख ८० हजार खर्चेर अपाङ्गमैत्री स्कुटर खरिद गरेको छु ।” अहिले उहाँ सोही स्कुटरमा ग्राहकका घरघरमा सामान मर्मतका लागि पुग्नुहुन्छ । यसले आम्दानी पनि राम्रो भएको उहाँको भनाइ छ ।

चौधरीले विद्युत्का मेसिन उपकरण मर्मत गर्न सिक्न चाहने युवालाई निःशुल्क रुपमा सिकाउँदै पनि आउनुभएको छ । उहाँलाई शुक्लाफाँटा नगरपालिका–१० ले विद्युतीय मोटरमा तार भर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ ।

वडाध्यक्ष लालबहादुर ऐरले चौधरीलाई प्रोत्साहन गर्न सहयोगथ गरेको बताउनुभयो । “अपाङगता भएका व्यक्ति पनि राम्रो काम गरेर राम्रो आम्दानी गर्न सक्छन् र यो अरुका लागि प्रेरणा बन्न सकोस् भनेर अनुदान उपलब्ध गराइएको हो”, उहाँले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकताका आधारमा व्यावसायिक गर्नका लागि तालिमसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.