• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

  •  सोमबार, माघ ०७, २०८१ मा प्रकाशित

लुम्बिनी । नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ ।

सो कार्यालयले दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने भन्दै सवारी चालक तथा मजदुरको आँखा तथा स्वास्थ्य चेकजाँच गरिएको जनाएको छ । राजमार्ग र लामो दूरीका सवारी साधनका चालक र मजदुरलाई लक्षित गरेर स्वास्थ्य परीक्षण र आँखा शिविर सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

सार्वजनिक सवारीसाधन चलाउने चालकले लामो समय सवारी चलाउँदा शारीरिक अस्वस्थता तथा मानसिक तनावमा रहँदा पनि स्वास्थ्य जाच गराउन चासो नदिई नियमित सवारी चलाउने गर्नाले दुर्घटना बढ्ने सम्भावना बढी भएकाले स्वास्थ्य जाच अभियान थालिएको प्रहरी उपरिक्षक खत्रीले बताउनुभयो । यससँगै लामो दूरीका सार्वजनिक सवारीसाधन चलाउने चालकलाई यात्राका क्रममा आराम, निश्चित दूरी सम्मको सवारी चलाउने अनुमतिजस्ता कुरामा पनि ट्राफिक प्रहरीले नियमित अनुगमन गरिरहेको उहाँले बताउनुभयो । यसका लागि लुम्बिनी प्रदेशअन्तर्गतका पश्चिम नवलपरासीको बर्दघाट देखि बर्दियाको कर्णाली सम्मको राजमार्गका विभिन्न स्थानमा ‘रि फ्रेस सेन्टर’ मा आराम गर्ने व्यवस्था मिलाइएको र ट्राफिक प्रहरीले आवश्यकताअनुसार विभिन्न स्थानमा चेकिङ गर्ने गरेकोसमेत उहाँले बताउनुभयो ।

यस्तै ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था हेर्न प्राविधिकमार्फत निःशुल्क सवारीसाधन प्राविधिक परीक्षण गर्ने गरेको छ । सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा तिनको प्राविधिक अवस्थामा ध्यान नदिने गर्नाले पनि दुर्घटनाका घटना बढेको भन्दै ट्राफिक प्रहरीको पहलमा सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षणसमेत गरिएको छ ।

तीव्र गति नियन्त्रण, मापसेमा कडाइ, पैदलयात्रुलाई प्राथमिकता दिनेगरी सचेतना र कारवाहीको अभियानलाई सँगसँगै अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले मातहतका सबै जिल्लामा ट्राफिक नियमपालनासँगै सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाएको बताएको छ ।

ट्राफिक नियम पालना नगर्नेलाई सचेत बनाउने र पटकपटक अटेरी गर्नेलाई जरिवाना लिने, समुदाय स्तरमा ट्राफिक नियम सिकाउनेलगायत कार्यक्रम सञ्चालन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी गराएको छ ।

लुम्बिनी प्रदेशमा चालु अािर्थक वर्षको गत दुई महिनामा सवारी कारबाहीबाट रू दुई करोड ७० लाख ४१ हजार पाँच सय एक राजस्व सङ्कलन भएको छ । ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको मङ्सिरमा रू एक करोड ४० लाख १५ हजार र पुसमा रू एक करोड २० लाख २६ हजार पाँच सय एक राजस्व सङ्कलन भएको छ । यस अवधिको मङ्सिरमा १२ हजार एक सय ८२ र पुसमा १२ हजार दुई सय ६७ वटा सवारीमाथि कारबाही भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष सवारी कारबाही र राजस्व दुवै घटेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको मङ्सिरमा २२ हजार एक सय ७३ सवारी कारबाहीबाट रू एक करोड ५७ लाख चार हजार र पुसमा २१ हजार दुई सय ९० सवारीलाई कारबाही गर्दा रू एक करोड ५२ लाख ४३ हजार राजस्व सङ्कलन भएको थियो ।

चालु वर्ष २०८१ को गत मङ्सिरमा सबैभन्दा बढी रूपन्देहीमा दुई हजार सात सय ३० सवारी साधनको कारबाहीबाट रू ४३ लाख १८ हजार राजस्व सङ्कलन भएको छ । पुसमा पनि रूपन्देहीमै बढी कारबाही र राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत पुसमा दुई हजार तीन सय ३६ सवारीसाधनलाई कारबाही गर्दा रू ३२ लाख १४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।

प्रहरीले गत मङ्सिर महिनामा १७ वटा र पुसमा २८ वटा गरी ४५ वटा स्वरूप परिवर्तन गरेका मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको थियो । जसबाट रू चार लाख ५० हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी, प्रनाउ न्यौपानेले बताउनुभयो । कार्यालयका अनुसार गत मङ्सिर महिनामा एक सय ३४ वटा सवारी दुर्घटना हुँदा लुम्बिनी प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । एक सय ४५ जना घाइते भएका छन् । पुस महिनामा तीन सय ६५ सवारी दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ भने पाँच सय ९२ जना घाइते भएका छन् । रासस

सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.