स्वास्थ्य क्षेत्रको एक महत्वपुर्ण विधा औषधी विधा हो । यो विधामा पनि थोक, खुद्रा तथा आयातकर्ता हरु पर्दछन । यो औषधि व्यवसायीहरुको आपुर्ति तथा वितरण गर्ने मुख्य भुमिका हुन्छ । यी व्यवसायीले औषधि उत्पादन नगरेपनि उत्पादित र आयातित औषधि चाहेको ठाउंँमा माग गरे अनुसार उक्त ठाउंँमा सहज रुपमा बिक्री वितरण गर्ने हुन्छन । तर देश संघीय रुपमा गइसकेता पनि सोही अनुसार औषधिको सही आपुर्ति हुन सकेको छैन ।
यस व्यवसायमा मधेश प्रदेशको भुमिका महत्वपुर्ण छ । किनकी अधिकांश औषधि भारत तथा अन्य देशका औषधि मधेश प्रदेशका सिमाना भएर आउंँछन र कतिपय औषधि कम्पनीहरु पनि मधेश प्रदेशमानै छन । स्वभाविकरुपले आपुर्तिकर्ता यो प्रदेशमा नै बढी छन । देशको ७५ प्रतिशत आपुर्ति तथा वितरण मधेश प्रदेश भएको नेपाल औषधि व्यवसायी संघ, मदेश प्रदेशका महासचिव पप्पु झाको भनाई छ । औषधिको समानुपातिक र सन्तुलित वितरण गर्नका लागि औषधि आपुर्तिकर्ताको ठूलो भुमिका हुन्छ र हुंँदै आएकोे छ ।
यो क्षेत्रमा पनि कतिपय कानुनी जटिलता, चुनौति र समस्या छन नै । तर यसलाई व्यवस्थित र औषधि सहज आपुर्ति पुरा गर्न के कुरा आवश्यक छ ? यो व्यवसायलाई थप जिम्मेवारी बनाउन र सेवाग्राही मैत्री बनाउन के के सुधार गर्न आवश्यक छ लगायतका विषयमा केन्द्रित रहेर महासचिव झा संँग गरिएको कुराकानी । थप जानकारी तलको भिडियो लिंकमा उपलब्ध छ ।
