• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे

  •  बुधबार, माघ १६, २०८१ मा प्रकाशित

बलेवा (बागलुङ)। स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।

निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ । निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको घरमा कालो टीका लगाइदिएको हो । पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उहाँ घरमै सुत्केरी हुनुभएको थियो । त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उहाँको घरमा कालो टीका लगाइदिएको हो ।

तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माउनुभयो । भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उहाँलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरेको थियो । तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिनुभयो । पति देवीराज गोठ जानुपरेकाले उहाँलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नजानुभएको हो । अहिले मनदेवीको घरमा पनि कालो टीका लागेको छ । उहाँको यो पटकको चौथो सन्तान हो । यसअघिका तीन सन्तान जन्माउने बेलामा त उहाँ झन् गर्भजाँचमा पनि आउनुभएन ।

गर्भवती भएपछि आठपटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्यसंस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरुले उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टीका लगाउने गरिएको छ । यो समस्या निसीखोलाका अधिकांश वडामा छ । कतिपयले प्रोटोकल पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् ।

“कालो टीका लाग्नुलाई नराम्रो सङ्केत मानिन्छ”, निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भन्न्ुभयो, “होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।” घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार गराएको बुढाले बताउनुभयो । उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रेफर गर्ने र नभए पनि उनको शारिरीक अवस्था हेरेर आवश्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ ।

निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन छ । वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकलअनुसार गर्भजाँचमा नआउनेहरू प्रशस्त भएको बुढाले बताउनुभयो । घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरू बढी मात्रामा होम डेलिभरीमा परेको उहाँले बताउनुभयो ।

कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ । स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताउनुभयो ।

निसीमा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको सङ्ख्या अत्यधिक छ । स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा एक सय आठ जना सुत्केरी हुने सूचना प्राप्त भएकामा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए । बाह्र जना घरमा सुत्केरी भएका थिए । चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा नै सुत्केरी भएका उहाँले बताउनुभयो । रासस

बुधबार, माघ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.