मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले निजी क्षेत्रबाट सञ्चालित अस्पतालले भुइँतहका मानिसलाई सरल, सहज र न्यून शुल्कमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
विराट मेडिकल कलेज टिचिङ अस्पताल बूढीगङ्गा मोरङ र विराट नर्सिङ होम विराटनगरले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रममा उहाँले जनताको आधारभूत अधिकार सुनिश्चित गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले वरिष्ठ न्यूरो सर्जन डा यमबहादुर रोकालाई सम्मान गर्नुभयो । उहाँले डा रोकालगायतको टिमले दुर्घटनामा परेका धेरै गरीब नागरिकको जीवन बचाउन सफल हुनुभएको उल्लेख गर्नुभयो । रासस
।
