कुनैपनि व्यवसायिक संघ संस्थाहरु त्यस क्षेत्रको व्यवसायिक विस्तार र व्यवसायीको हितको लागि स्थापना हुन्छ । त्यस्ता संघसंस्थाहरुबाट व्यवसायीलाई एकीकृत र उनीहरुको हक अधिकारलाई पनि संरक्षण गर्नपनि मदत पुग्छ ।
त्यस्तै क्षेत्रमध्ये औषधि व्यवसायी संघ पनि एउटा महत्वपूर्ण संस्था हो जसले ५० बर्षदेखि व्यवसायीको हित र सरकारी निकायसंँग समन्वय गरेर काम गर्दै आएको छ । संघीय संरचना संँगै यो संघले पनि केन्द्र, सातै प्रदेश र ५६ जिल्ला गरी आफ्नो संघलाई विस्तार गरेको छ ।
संघले देशैभर औषधिको समान र सन्तुलित रुपमा बिक्री वितरण गर्दै आएको छ । सेवाग्राहीलाई २४ सै घण्टा जुनसुकै रोगको औषधिको उपलब्धताका लागि संघले काम गर्दै आएको छ । यति मात्र होइन संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रुपमा विभिन्न समुदाय, र दैवी प्रकोपबाट प्रभावितहरुलाई समेत औषधि वितरण गर्दै आएको छ ।
संस्थाले हालसम्म आउंँदा के कति प्रगति गरेको छ ? व्यवसायीहरुको समस्या के छ ? संघको भावी कार्ययाजना के के छन ? लगायतका विषयमा केन्द्रित रहेर औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश खण्डेलवाल संग गरिएको कुराकानी । थप जानकारी तलको भिडियोमा उपलब्ध छ ।
