• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

  •  शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

नवलपुर (नवलपरासी) । अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।

पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्तरूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरेको हो । विनोदीले लेख्नुभएका ४५ वटा कवितामा निर्माण गरिएको चित्रकलाबाट सङ्कलन भएको रकम उहाँलाई हस्तान्तरण गरिने प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कलाकार भीम शर्माले जानकारी दिनुभयो । “सुरूमा हामीले विनोदीका २५ वटा कवितामा चित्र बनाउने भनेका थियौँ,” उहाँले भन्नुभयो, “पछि ४५ जना कलाकारलाई चित्र कोर्न आग्रह गरेपछि उहाँहरूले चित्र कोरेर पठाउनुभएको छ, चित्र बिक्रीबाट आउने सम्पूर्ण आम्दानी विनोदी सरको उपचारका लागि प्रदान गर्छौँ ।”

वरिष्ठ चित्रकार दुर्गा बराल ‘वात्सायन’, ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकूलपति केके कर्माचार्य, वर्तमान कुलपति नारदमणि हारतमछाली, उपकूलपति लालकाजी लामा, कलाकारहरू सुनील सिग्देललगायतका कलाकारहरूले विनोदीको कवितामा आधारित भएर चित्र कोर्नुभएको शर्माले जानकारी दिनुभयो । प्रदर्शनीमा ५५ वटा चित्रहरू राखिएका शर्माको भनाइ छ । “प्रदर्शनीमा राखिएका चित्रमध्ये गैँडाकोट नगरपालिकाले २२ वटा चित्र तथा अन्य व्यक्ति र संस्थाले समेत चित्र खरिद गर्नुभएको छ,” उहाँले भन्नुभयो, “प्रदर्शनीमा राखिएका करिब ९० प्रतिशत चित्र बिक्री भइसकेका छन्, बाँकी चित्र पनि बिक्री हुने सम्भावना छ ।”

गैँडाकोट नगरपालिका–५ स्थित प्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा आयोजित चित्रकला प्रदर्शनीलाई सह–सम्बन्ध नाम दिइएको छ । चित्र र कविताको सम्बन्ध जनाउने उद्देश्यले प्रदर्शनीको नाम सह–सम्बन्ध राखिएको चित्रकार शर्माले बताउनुभयो । “चित्र र कविताको सम्बन्धले गर्दा चित्रकार र कविको बीचको सम्बन्ध हो र यो मानवीय सम्बन्धको कुरा हो” उहाँले भन्नुभयो, “विनोदीले लेख्नुभएको कविता चित्रकारलाई पठाएपछि उहाँहरूले कवितालाई अगाडि राखेर आफूमा आएको भावलाई चित्रमा उतार्न भनेका थियौँ, त्यहीअनुसार चित्र प्रदर्शनी गरिएको हो ।”

चित्रकला प्रदर्शनीमा क्यान्सर पीडित कवि एवम् चित्रकार विनोदीले कोर्नुभएको चित्रसमेत राखिएका छन् । चित्रकलामा प्रदर्शन गरिएका तस्बिर र तस्बिर कोरिएका कविताहरूको सङ्ग्रहको रूपमा पुस्तकसमेत प्रकाशन गर्ने तयारी गरिएको शर्माको भनाइ छ । कवि तथा चित्रकार विनोदीले उपचार खर्चबापत सिधै रकम लिन नमानेपछि उहाँसँगको सहमतिमा चित्रकला प्रदर्शनी आयोजना गरिएको शर्माले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका चित्रहरू न्यूनतम रू २० हजारदेखि रू ४० हजार मूल्यका रहेका छन् । वरिष्ठ कलाकार र नाम चलेका कलाकारहरूले कोर्नुभएको चित्रको मूल्य धेरै राखिएको उहाँको भनाइ छ । चित्रको बारेमा बुझेका र कवि एवम् चित्रकार विनोदीप्रति सद्भाव राख्ने व्यक्ति एवम् संस्थाहरूले खरिद गरेको चित्रहरू प्रदर्शनी सकिएपछि हस्तान्तरण गरिने शर्माले बताउनुभयो । रासस

शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.