चितवन । नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन ‘पिन’ नारायणगढ एकाईको सातौं अधिवेशनबाट वसन्त ढकाल निर्वाचित हुनुभएको हो । संस्थाको शनिबार भयको एकाई अधिवेशनले अध्यक्ष ढकालको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष ढकालको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा मुर्तुजा आलम,सचिव सीता पान्डे,कोषाध्यक्ष सन्जिव कुमार सिंह,स-सचिव गणेश रेग्मी,स-कोषाध्यक्ष अन्जु क्षेत्री तथा सदस्य पदमा धर्मदत्त दवाडी,दीपमान श्रेष्ठ,आतिस थापा,समीर के.सी. र शिव मगर चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पिनका पूर्व केन्द्रिय अध्यक्ष तथा सल्लाहकार नेत्रनाथ पौडेलले ‘पिन’ नारायणगढ इकाईले गरेको संस्थागत कार्यको उच्चसम्मान गर्दै उहाँले भन्नुभयो,”नेपाली औषधि व्यवसायी र व्यवसायप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने साथै,’यो व्यवसायसंग जोडिएका सबै पक्षसंग तत्काल अन्तरक्रिया गरी वर्तमान समस्याको पहिचान गरी दीर्घकालीन रूपमा पर्ने असरबारे सचेत हुनुपर्ने धारणा राख्नु भयको थियो”।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ,चितवनका अध्यक्ष विनोद प्रसाद तिमिल्सिना,स्टकिस्ट क्लब अफ नारायणगढका अध्यक्ष विज्ञान पौडेल,नेपाल फार्मेसी संघ,चितवनका अध्यक्ष सुशील सिग्देल,’पिन’पोखराका अध्यक्ष निरोज खतिवडा र’पिन’नारायणगढका सल्लाहकार सुरेश कुमार केसी लगायतले मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरि संस्थाका निवर्तमान अध्यक्ष प्रकाश सुवेदीले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पिनले अगाडि बढाएका नीतिगत सुधारका पक्षमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।




