• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया

  •  मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित

तेह्रथुम । जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो ।

प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको करुणा फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो ।

उहाँले जिल्लामा अहिलेसम्म अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भएका कामहरूकाबारेमा अन्तरक्रियामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार हालसम्म उक्त कार्यक्रममार्फत स्थानीय तहहरूले जिल्लास्तरीय अभिमुखीकरण, पालिकास्तरीय अभिमुखीकरण, पालिका र करुणा नेपालबीच सम्झौता, सिविआर सहजकर्ता नियुक्ति तथा तालिम, अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनलगायत कार्य भएका छन् ।

साथै अपाङ्गता भएका व्यक्तिको स्वास्थ परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन गरी एक हजार दुई सय १२ को पहिचान गरी अपाङगता परिचयपत्र वितरण गरिएको कार्यक्रम व्यवस्थापक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई जन्मदोष पहिचानसम्बन्धी तालिम, बालबालिकामा हुने कार्यगत सीमितता तथा अपाङ्गताको अवस्था पहिचानबारे शिक्षक तथा विद्यालय नर्सलाई तालिम प्रदान गरिएको छ ।

विद्यालय स्वास्थ्य परीक्षण प्रारम्भ, जन्मदोष पहिचान प्रारम्भ, जन्मेको २९ दिनदेखि पाँच वर्ष मुनिका बालबालिकाको परीक्षण प्रारम्भ, मिलिजुली समूह गठन तथा परिचालनलगायत कार्यक्रम गरिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पछि भने अपाङ्गता भएकाहरूको सेवासुविधामा पहुँच विस्तार हुने आशा गरिएको करुणा फाउण्डेसका संयोजक केदार भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रम पछि २० प्रतिशत जन्मदोष दर र ४० प्रतिशतले जन्मजात हुने अपाङ्गताको दर घट्ने, ७० प्रतिशत अपाङ्गता भएका बालबालिका र २० प्रतिशत अपाङ्गता भएका वयस्क व्यक्तिको जीवन गुणस्तरमा सुधार हुने, ४० प्रतिशत सार्वजनिक भौतिक संरचना (स्थानीय तहभित्र रहेका) पहँुचयुक्त हुने, स्थानीय तहहरूले प्रदेश सरकारसँगको सहकार्यमा ८० प्रतिशत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौँ ।”

तीन वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कूल लागतमा प्रदेश सरकारको रु एक करोड ८८ लाख, पालिकाको रु एक करोड ८८ लाख र करुणा फाउण्डेसनको रु एक करोड ८८ लाख रहेको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु ४६ लाख ५५ हजार खर्च गरिसकिएको छ ।

अन्तरक्रिया कार्यक्रमका सहभागी देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम संयोजक कपिलदेव सिङ्घकले जिल्लामा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । लामो समयदेखि गैरसरकारी संस्थामा रहेर सामाजिक काम गरे पनि यसरी अपाङ्गताका क्षेत्रमा सुक्ष्म ढङ्गले अहिलेसम्म काम गर्न नसकिएको उहाँले सुनाउनुभयो । प्रदेश र स्थानीय सरकार तथा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सांसद किशोरचन्द्र दुलालले यो कार्यक्रमले अपाङ्गता रोकथाम तथा पुनःस्थापनामा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षहरूले सहकार्य र समन्वय गर्नुपर्ने भन्दै आफ्नोतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.