• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २१ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया

  •  मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित

तेह्रथुम । जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो ।

प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको करुणा फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो ।

उहाँले जिल्लामा अहिलेसम्म अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत भएका कामहरूकाबारेमा अन्तरक्रियामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार हालसम्म उक्त कार्यक्रममार्फत स्थानीय तहहरूले जिल्लास्तरीय अभिमुखीकरण, पालिकास्तरीय अभिमुखीकरण, पालिका र करुणा नेपालबीच सम्झौता, सिविआर सहजकर्ता नियुक्ति तथा तालिम, अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सङ्कलनलगायत कार्य भएका छन् ।

साथै अपाङ्गता भएका व्यक्तिको स्वास्थ परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सञ्चालन गरी एक हजार दुई सय १२ को पहिचान गरी अपाङगता परिचयपत्र वितरण गरिएको कार्यक्रम व्यवस्थापक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई जन्मदोष पहिचानसम्बन्धी तालिम, बालबालिकामा हुने कार्यगत सीमितता तथा अपाङ्गताको अवस्था पहिचानबारे शिक्षक तथा विद्यालय नर्सलाई तालिम प्रदान गरिएको छ ।

विद्यालय स्वास्थ्य परीक्षण प्रारम्भ, जन्मदोष पहिचान प्रारम्भ, जन्मेको २९ दिनदेखि पाँच वर्ष मुनिका बालबालिकाको परीक्षण प्रारम्भ, मिलिजुली समूह गठन तथा परिचालनलगायत कार्यक्रम गरिएको छ ।

प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पछि भने अपाङ्गता भएकाहरूको सेवासुविधामा पहुँच विस्तार हुने आशा गरिएको करुणा फाउण्डेसका संयोजक केदार भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रम पछि २० प्रतिशत जन्मदोष दर र ४० प्रतिशतले जन्मजात हुने अपाङ्गताको दर घट्ने, ७० प्रतिशत अपाङ्गता भएका बालबालिका र २० प्रतिशत अपाङ्गता भएका वयस्क व्यक्तिको जीवन गुणस्तरमा सुधार हुने, ४० प्रतिशत सार्वजनिक भौतिक संरचना (स्थानीय तहभित्र रहेका) पहँुचयुक्त हुने, स्थानीय तहहरूले प्रदेश सरकारसँगको सहकार्यमा ८० प्रतिशत अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौँ ।”

तीन वर्षसम्म सञ्चालन हुने उक्त कार्यक्रमको कूल लागतमा प्रदेश सरकारको रु एक करोड ८८ लाख, पालिकाको रु एक करोड ८८ लाख र करुणा फाउण्डेसनको रु एक करोड ८८ लाख रहेको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु ४६ लाख ५५ हजार खर्च गरिसकिएको छ ।

अन्तरक्रिया कार्यक्रमका सहभागी देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम संयोजक कपिलदेव सिङ्घकले जिल्लामा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । लामो समयदेखि गैरसरकारी संस्थामा रहेर सामाजिक काम गरे पनि यसरी अपाङ्गताका क्षेत्रमा सुक्ष्म ढङ्गले अहिलेसम्म काम गर्न नसकिएको उहाँले सुनाउनुभयो । प्रदेश र स्थानीय सरकार तथा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले समुदायलाई दीर्घकालीन रूपमा लाभ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभाका सांसद किशोरचन्द्र दुलालले यो कार्यक्रमले अपाङ्गता रोकथाम तथा पुनःस्थापनामा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षहरूले सहकार्य र समन्वय गर्नुपर्ने भन्दै आफ्नोतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.