• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

  •  बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई जनचेतना जगाउने कार्य अगाडि बढाएको छ । जिल्लाका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा स्वास्थ्य कार्यालयले पैरवी कार्यक्रम सञ्चालन गरेको छ ।

तीन वटै स्थानिय तहका वडामा पुगेर भद्रभलादमी, भलमन्सा, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थीलाई सहभागी गराइ सिकलसेल एनिमिया र थालेसिमिया रोगबारे जानकारी गराउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताउनुभयो । सिकलसेल रोगको पहिचान गर्नका लागि तीन वटै पालिकाका छ हजार जनाको शिविर सञ्चालन गरी रगत परीक्षण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

त्यसमध्ये शुक्लाफाँटामा मात्रै एक हजार पाँच जनाको रगत परीक्षणको कार्य गरिने छ । उहाँँका अनुसार कञ्चनपुरमा मात्रै १८ देखि २० हजार जनामा अर्धदोषयुक्त जिन रहेको अनुमान रहेको छ । त्यसमा तीन सय ५० को हाराहारीमा सिकलसेलका बिरामी हुनसक्ने उहाँले उल्लेख गर्नुभयो । “सिकलसेल एनिमिया थारु समुदायमा बढी देखिए पनि अन्य समुदायका व्यक्तिहरुमा पनि देखिन थालेको छ”, उहाँले भन्नुभयो, “चुनौतीका रुपमा यो रोग आउन थालेकाले समुदायमै पुगेर सचेत पार्ने कार्यमा लागेका छौँ ।”

मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पतासम्बन्धी रोगलाई सिकलसेल रोग भन्ने गरिएको उहाँले जानकारी दिनुभयो । त्यसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमी हुनेसँगै शरीरका विभिन्न भित्री अङ्गहरुमा नोक्सानी पुग्दछ । सिकलसेल रोगका बिरामीहरुमा फरक–फरक किसिमका लक्षण देखापर्ने भएकाले चिकित्सकलाई समयमै बिरामीको रोग पहिचान गर्न कठिनाइ पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

मानव शरीरमा रहेको तीन अर्बभन्दा बढी डिएनएमध्ये एउटा डिएनएको संरचनामा परिवर्तन हुँदा सिकलसेल देखा पर्दछ । सिकलसेल एनिमियाको अर्धदोषयुक्त जिनलाई हेटेरोजाइगोस ट्रेट भन्ने गरिन्छ । “यस्ता अर्धदोषयुक्त ट्रेट बोकेका व्यक्तिहरुमा सिकलसेल रोगका लक्षणहरु देखा पर्दैनन”, भट्टले भन्नुभयो, “यस्ता व्यक्तिहरुको साधारण व्यक्तिभन्दा १० गुणा बढी मलेरियासँग लडन सक्ने क्षमता राख्द छ ।”

उहाँका अनुसार सिकलसेल एनिमिया रोग एक प्रकारको वंशाणुगत रोग भएकाले बुबाआमाबाट बालबालिकामा सर्ने गर्दछ । यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ । त्यसले गर्दा रातो रक्तकोष गोलो आकार हुनको साटो हँसिया आकारको हुन्छ । सिकलसेल रोगीको शरिरमा हँसिया आकारको रक्तकोष हुने भएकाले रगत सजिलोसँग बग्न सक्दैन ।

“यो रोग एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै जाने भएकाले यदि दम्पती दुवै जनामा सिकलसेल हेटेरोजाइगोस ट्रेट छ भने त्यस्ता दम्पतीबाट जन्मने चार सन्तानमध्ये एक जनामा सिकलसेल हुन्छ”, अधिकृत भट्टले भन्नुभयो, “सिकलसेल दोषयुक्त जीन भएका दम्पतीले सन्तान जन्माउन चाहेमा जेनेटिक परामर्शदातासँग अनिवार्य सन्तान जन्माउन मिल्ने वा नमिल्ने र सिकलसेल भएको सन्तान जन्मिहाले कसरी उपचार पद्धति अपनाउने भन्नेबारे परामर्श लिन जरुरी हुन्छ ।”

सिकलसेल भएमा छिटो–छिटो थकाई लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, छाती, हात खुट्टा तथा ढाडमा अचानक र कडा खालको दुखाइ हुने लक्षण देखा पर्नेसँगै कमलपित्त हुने, आँखाका समस्या देखापर्ने, संक्रमण भइरहने, ज्वरो आउने, पक्षघात हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खोकी लाग्नेलगायतका लक्षण पनि देखा पर्ने अधिकृत भट्ट बताउनुहुन्छ । रगत बग्न नसक्दा शरीरका भित्री अङ्गमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरुमा खराबी भई ती अङ्गहरुमा कडा खालको दुखाइ हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

सामान्यतया राता रक्तकोषहरुको आयु एक सय २० दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषको आयु १० देखि २० दिनसम्मको हुने भएकाले बिरामीलाई रक्तअल्पता हुन्छ । यस रोगको मुख्य उपचार भनेको नै तालिमप्राप्त स्वास्थ्यकर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गराउनु रहेको स्वास्थ्य कार्यालयका अर्का जनस्वास्थ्य अधिकृत गणेश भण्डारीले बताउनुभयो ।

यस रोगका बिरामीहरुले जीवनभर औषधि सेवन गर्नुपर्ने तथा रगत चढाउनुपर्ने उल्लेख गर्दै उहाँले सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग नभएका छोराछोरी जन्माउनका लागि बिहेवारी गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार विवाहपूर्व यो रोग जाँच गरी सिकलसिल थालमेसिया भएअनुसार विवाह गर्ने निर्णय गरेमा जीवन उपचार चाहिने खर्चिलो रोगबाट बच्न र बचाउन सकिन्छ । विश्वमा करिब पाँच प्रतिशत मानिसमा हेमोग्लोविनको समस्या रहेका वाहक रहेको अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

त्यसमा सिकलसेल र थालेसिमिया पर्दछन् । तीन लाखभन्दा बढी नयाँ जन्मने बच्चाहरुमा हेमोग्लोविनको समस्या भएको बताइन्छ । सिकलसेलका बिरामीलाई स्वस्थ राख्नका लागि दैनिक फोलिक एसिडको प्रयो गर्नुपर्ने स्वास्थ्यर्मी बताउँछन् । बिरामीले प्रशस्त मात्रामा दिनको १० देखि १५ गिलास पानी पिउनुपर्दछ । बढी गर्मी र जाडोबाट बच्नुका साथै कडा परिश्रम र तनावबाट बच्नुपर्दछ । सिकलसेल जीन वाहक युवायुवती बिरामीले विवाह गर्नुअघि डिएनए परीक्षण गरी सिकलसेल भए नभएको यकिन गर्नु उत्तम हुने स्वास्थ्यकर्मी परमानन्द भट्ट बताउनुहुन्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले हालै गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डिएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको छ । रासस

बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.