• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’

  •  शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित

झापा । दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागितामा शुक्रवार यहाँ ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ सुरु भएको छ ।

विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिवसीय सम्मेलनको उद्घाटनअवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उहाँले बताउनुभयो । उहाँले क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्न मिडियालाई आग्रह गर्नुभयो ।

सम्मेलनका अध्यक्ष एवम् बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले क्यान्सर रोगको विस्तार आजको विश्वको प्रमुख स्वास्थ्य चुनौति बनिरहेको उल्लेख गर्दै उपचारलाई अझ राम्रो बनाउन सम्मेलनबाट मदत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा वीरेन्द्र यादवले अस्पतालले हरेक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिरहेको जानकारी दिनुभयो ।

“यो अन्तर्राष्ट्रिय महत्त्वको सम्मेलन हो,” उहाँले भन्नुभयो, “स्तन र जीआई क्यान्सरका उदीयमान प्रवृत्तिका विषयमा सम्मेलनले व्यापक छलफल गरी आफ्ना अनुभव र नयाँ प्रविधिको आदानप्रदान गर्नेछ ।”

सम्मेलनमा क्यान्सर उपचारमा सङ्लग्न एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्नेछन् भने क्यान्सर जितेका मानिसको उपचार अनुभव साटासाट गरिने सम्मेलनका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले यस्तै सम्मेलन झापामा पहिलोपटक आयोजना गरेको थियो । दोस्रोपटक आयोजित सम्मेलनमा सहभागिता र छलफलका विषय विस्तार भएको उहाँले बताउनुभयो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार स्तन र फोक्सो क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढिरहेको छ । बिगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार भएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर र नाक कान घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ । रासस

शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.