• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ११ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १२ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १२ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १४ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १४ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

निःशुल्क डायलायसिस सेवाले एउटै अस्पतालबाट दैनिक ६० जना लाभान्वित

  •  सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित

झापा । नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी लाभान्वित भएका छन् ।

झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन् । “बिरामीले कुनै शुल्क तिर्नुपर्दैन । एक जनाको एकपटक डायलायसिस गरेबापत नेपाल सरकारले अस्पताललाई कोषमार्फत रु दुई हजार पाँच सय उपलब्ध गराउँछ । यसबाट विपन्न नागरिकहरू निकै लाभान्वित भइरहेका छन्”, दाहालले भन्नुभयो ।

दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनुपर्ने हुन्छ । झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो र सबैभन्दा बढी क्षमताको अस्पताल हो । हाल सेवा दिने अरु पाँचवटा स्वास्थ्य संस्था थपिएका छन् ।

ओमसाई पाथिभरा अस्पतालमा हेमोडायलायसिसका लागि २१ वटा मेसिन सञ्चालनमा छन् । एक जना बिरामीलाई सेवा दिन चार घण्टाको समय लाग्ने र दैनिक तीन सिफ्टमा औसत ६० जनाले सेवा पाइरहेको दाहालले बताउनुभयो । अस्पतालबाट हाल एक सय ६७ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन् । सरकारको स्वास्थ्य बिमामा आबद्ध नरहेका बिरामीले समेत पालिकाको सिफारिसमा सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।

मिर्गौलाका बिरामीको उपचारमा सरकारले निःशुल्क डायलायसिस सेवा दिएर नागरिकको प्राण बचाइरहेको भद्रपुर नगरपालिका–७ लेखनाथ चोकका ७० वर्षीय मनोरञ्जन न्यौपानेले बताउनुभयो ।

उहाँले विगत १० वर्षदेखि नियमित रूपमा हेमोडायलायसिस सेवा लिइरहेको बताउनुभयो । “हप्ताको तीनपटक डायलायसिस गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “अस्पताल र सरकारले दिएको निःशुल्क सेवा सुविधाप्रति आभारी छु ।”

मेचीनगर–७ की सीता निरौलाले आफ्ना पति विष्णुप्रसाद निरौलाको डायलायसिस गराउन साताको दुईपटक अस्पताल धाउनुपरेको बताउनुभयो । सरकारले डायलायसिस निःशुल्क गरिदिएता पनि घरबाट अस्पताल ओहोरदोहोर गर्न एम्बुलेन्स सुविधा नदिएकामा केही समस्या भने रहेको उहाँले बताउनुभयो ।

“माथिको सरकारले डायलायसिस निःशुल्क गरिदियो, स्थानीय सरकार (पालिका) ले एम्बुलेन्स सुविधा निःशुल्क गरिदिए बिरामीलाई सहज हुन्थ्यो”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो डायलायसिस उपचार थलोका रूपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रूपमा सेवा लिइरहेका छन् । फिस्टुला राख्ने सुविधासमेत स्वास्थ्य बिमामार्फत दिने हुँदा उक्त अस्पतालमा मिर्गौला डायलायसिस गराउन आउने बिरामीको सङ्ख्या बढिरहेको छ । रासस

सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.