• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

राससमा दन्त शिविर, ८० जनाले लिए सेवा

  •  मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् ।

रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरेको ‘मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण शिविर’ मा विज्ञ दन्त चिकित्सकबाट दन्त परीक्षण गरिनुका साथै सफा (स्केलिङ) गरिएको थियो । शिविरमा सहभागीको अवस्थाअनुसार आवश्यक औषधि, दन्त मन्जनसहित सामग्री प्रदान गरिएको थियो ।

यसअघि शिविर उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी भएको बताउनुभयो । “मुख स्वास्थ्यलाई बेवास्ता गरिएको छ । यसबारे कमै चेतना छ, मिडियाले पनि खासै महत्व दिएको देखिन्न”, उहाँले भन्नुभयो,“राससले हस्पिटलसँग आवश्यक सहकार्य गरेर यस सेवाका बारेमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नेछ । यो सुरुआत हो, यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”

हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले मानव स्वास्थ्यको प्राथमिकता र महत्वपूर्ण पाटोको रूपमा रहेको मुख स्वास्थ्यलाई हेलचेक्र्याई गर्न नहुने बताउनुभयो । उहाँले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न आफूहरूले यस्तै शिविर आयोजना गरिरहेको र यसमा राससजस्ता सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताउनुभयो ।

डा घिमिरेले मुख स्वास्थ्य अर्थात् दाँतको हेरचाहका लागि ‘जङ्क फुड’ नखाने, धुम्रपान र मध्यपान निषेध गर्ने, प्राकृतिक शुद्ध खानपान तथा मनोवैज्ञानिक रूपमा स्वस्थ्य रहेर शारीरिक व्यायममा जोड दिन अनिवार्य रहेको उल्लेख गर्नुभयो । दिनमा दुई पटक अनिवार्य ब्रस गर्ने र कम्तीमा छ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।

सङ्घका अध्यक्ष पवित्रा गुरागाईँले राससको वार्षिकोत्सवका अवसरमा मुख स्वास्थ्यलाई ध्यान दिएर शिविर आयोजना गरिएको बताउनुभयो । हस्पिटलका जनसम्पर्क प्रमुख धनप्रसाद घिमिरेले स्वस्थ्य जीवनबारे सचेतना अभिवृद्धि गर्न अस्पतालले विभिन्न निकाय, शैक्षिक संस्था र समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

दन्त परीक्षण गरिएकामध्ये अधिकांशमा जाँदा दाँत खिइने, सिरिङ सिरिङ गर्ने, गिँजा सुन्निने, रगत आउनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् । हस्पिटलले शिविरमा सहभागीलाई आगामी दिनमा पनि दन्त सेवामा विशेष छुट दिने जनाएको छ । डा घिमिरेको नेतृत्वमा डा हरिशङ्कर यादव, डा आयुश्री घिमिरे, डा आसिका न्यौपाने, डेन्टल हाइजेनिक जुनु पण्डित, डेन्टल असिस्टेन्ट अजिता महर्जनलगायतको टोलीले शिविरमा सेवा दिनुभएको थियो । रासस

मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.